एजेन्सी- इटालियन सिरी ए च्याम्पियन युभेन्ट्सले प्रि-सिजन अन्तर्गत अन्तराष्ट्रिय च्याम्पियन्स कपमा इन्टर मिलानलाई पराजित गरेको छ । बुधबार बेलुका भएको खेलमा युभेन्ट्सले मिलानलाई पेनाल्टी सुटआउटमा ४-३ गोलले पराजित गरेको हो ।
निर्धारित समयको खेलमा दुबै टोलीले १-१ गोलको बराबरी खेले पछि खेलेको निर्णय पेनाल्टी सुटआउटमा पुगेको थियो । खेलमा भने मिलानले आत्मघाती गोल उपहारबाट सुरुवाती अग्रता लिएको थियो ।
खेलको १० औं मिनेटमा म्याथिज डे लिग्टको आत्मघाती गोल गरेपछि मिलान १-० ले अघि बढेको थियो । तर, खेलको ६८ औं मिनेटमा क्रिष्टियानो रोनाल्डोले फ्रिकिकबाट गोल गर्दै खेल १-१ को बराबरीमा ल्याए । त्यसपछि खेलको निर्णय पेनाटीमा सुटआउटमा पुगेको थियो ।
पेनाल्टीमा युभेन्ट्सका जोआ कानसेलो, क्रिस्टियानो रोनाल्डो, एम्री कान र डिमिरलले गोल गरे । मिलानका निकोल बरेल, जर्ज पुस्कास र जोआ मारियोले गोल गरे ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४