बिहीबार, वैशाख १३, २०८१

मौद्रिक नीति अपेक्षा अनुसार आएन : भवानी राणा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं- नेपाल उद्योग वाणिज्य संघकी अध्यक्ष भवानी राणाले नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको मौद्रिक नीति अपेक्षा गरेजस्तो नभएको प्रतिक्रिया दिएकी छन्।

‘चालू आवको मौद्रिक नीति हामीले सोचेजस्तो छैन। हामीले मौद्रिक नीति विशेषगरी तरलताको अभावलाई सम्बोधन गर्ने र व्याजदर कम गर्ने खालको आउँछ भन्ने अपेक्षा गरेका थियौं’, अध्यक्ष राणाले भनिन्, ‘तर, हाम्रो सुझाव अनुसारको मौद्रिक नीति आइदिएन।’

उनले आर्थिक वर्ष २०७६/७७ को बजेटले नीजी क्षेत्रलाई उत्साहित बनाएको भए पनि मौद्रिक नीतिले त्यस्तो गर्न नसकेको बताइन्। उनले भनिन, ‘बजारमा तरलताको समस्या आइरहन्छ तर, मौद्रिक नीतिले यो समस्याको दिगो समाधान खोजेको छैन।’ 

त्यस्तै स्प्रेडदरलाई ३ प्रतिशत कायम गर्न आग्रह गरिए पनि  राष्ट्र बैंकले सम्बोधन नगरेको उनको गुनासो छ। उनले मौद्रिक नीतिलाई १० पूर्णाङ्कमा ५ मात्रै दिइन्। 

बैंकहरुको नाफा खुम्च्याउँछ : ज्ञानेन्द्र ढुंगाना

नेपाल बैंकर्स एसोसिएसनका अध्यक्ष ज्ञानेन्द्र ढुंगानाले यो मौद्रिक नीतिले बैंकहरुको नाफा खुम्च्याउने प्रतिक्रिया दिएका छन्।

विभिन्न सेवा शुल्क लिन नपाउने, स्प्रेडदरलाई आगामी असार मसान्तसम्म ४.४ प्रतिशतमा झारिसक्नुपर्ने, आधारदरमा जम्मा दुई प्रतिशत मात्र थपेर साधारण पुनर्कर्जा दिनुपर्ने लगायतका प्रावधानले आगामी आर्थिक बर्षमा बैंकहरुको नाफा खुम्चने उनले बताए।

त्यसैगरी मर्जरमा जान चाहने बैंकहरुका लागि आगामी असार मसान्त सम्मका लागि मात्र सहुलियत दिइएकाले मौद्रिक नीतिले बैंकहरुलाई असार मसान्तभित्र मर्जर गरिसक्न दबाब दिएको उनको बुझाई छ।

यद्यपि, उनले अधिकांश बैंकका माग सम्बोधन भएका र समग्रमा मौद्रिक नीति सन्तुलित रहेको पनि बताए। एनआरएनले पनि मुद्दति निक्षेप खोल्न पाउने भएकोले तरलतामा सहजता हुने उनको अनुमान छ।

याे पनि पढ्नुहाेस्

मौद्रिक नीति : मर्जरलाई सहुलियत, बाध्यकारी बनाइएन

प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्