शुक्रबार, वैशाख १४, २०८१

विश्‍वमा आज : कहाँ के-के भयो ?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
१. पूर्व चिनियाँ प्रधानमन्त्री लि पेङको निधन भएको छ। गत सोमबारै उनको निधन भएको भए पनि औचारिक रुपमा भर्खरै खबर सार्वजनिक गरिएको हो। उनी सन १९८७ देखि १९९८ सम्म जनवादी गणतन्त्र चीनको चौथो प्रधानमन्त्रीको रुपमा काम गरेका थिए। उनले राष्ट्रिय जन परिषदको अध्यक्षका रुपमा सन् १९९८ देखि २००३ सम्म जिम्मेवारि निभाएका थिए भने सन् १९९० को दशकभर नै उनलाई चिनियाँ कम्युनिष्ट पार्टीको दोश्रो वरीयताका नेताको रुपमा हेरिन्थ्यो। पहिलोमा भने तत्कालीन पार्टी महासचिव जियान जेमिन रहेका थिए।

२. चीनले आफ्नो राष्ट्रिय सेनालाई आधुनिक, उच्च प्रविधियुक्त बनाउने गरी राष्ट्रिय प्रतिरक्षा योजना बुधबार सार्वजनिक गरेको छ। बेइजिङमा सार्वजनिक उक्त योजना दस्तावेजमा अमेरिकाले विश्व रणनीतिक स्थायित्वलाई नजरअन्दाज गरेको आरोप लगाउँदै ताइवानको स्वतन्त्रताविरुद्ध चेतावनी दिइएको छ। सन् २०१२ यता पहिलो पटक सार्वजनिक गरिएको यस स्वेतपत्रमा विश्वकै सर्वाधिक ठूलो सेना र बेइजिङको सैन्य महत्वाकाँक्षाका बारेमा भने केही उल्लेख छैन। 

३. थाइल्याण्डको दक्षिण भागमा पर्ने पत्तानी प्रान्तमा संदिग्ध मुसलमान आतङ्ककारी समूहले सैन्य शिवीरमा गरेको एक आक्रमणमा परी चार जनाको मृत्यु भएको छ। सरकारी अधिकारीहरुले बुधबार उक्त जानकारी दिएका छन्। मङ्गलबार अबेर राती पत्तानी प्रान्तको दुर्गम इलाकामा रहेको स्थानमा विद्रोही समूहले ग्रेनाड र स्वचालित बन्दुकको प्रयोेग गरी आक्रमण गरेका सेनाका प्रवक्ताले एएफपी समाचार समितिलाई जानकारी दिएका हुन्। 

४. जर्मनीको सबैभन्दा ठूलो लगानीकर्ता बैंक डच बैंकको दोस्रो चौमासिकमा तीन अर्ब ६० करोड अमेरिकी डलर (३ अर्ब २० करोड युरो) खूद नोक्सानी भएको छ। 
पुनर्संरचनाका क्रममा रहेको उक्त बैंक युरोपेली मुलुकहरुमै ठूलो मानिन्छ। बैंकका कार्यकारी प्रमुख क्रिस्चियन सेविङ्गले एक वक्तव्य प्रकाशन गरी डच बैंकको सुधारका लागि धेरै कामहरु भइसकेका र त्यसले नतिजा दिन थालिसकेको बताए।

५. नाइजेरियाली सेनाले देशको उत्तरपश्चिम क्षेत्रमा गरेको व्यापक सैन्य कारबाहीमा ७८ जना शस्त्रधारीहरु मारिएको जनाएको छ।
मुलुकको उत्तरपश्चिम जाम्फारा र त्यससँगै जोडिएको अर्को राज्यमा तीन महिनादेखि चलिरहेको भिषण कारबाहीमा ठूलो परिमाणमा हातहतियार समेत बरामद भएको सैनिक प्रवक्ता ओन्येमा न्वाचुकुले बताए।

६. जापानी कार निर्माता निसानले विश्वभरबाट १० हजारभन्दा बढी कामदार कटौति गर्ने भएको। निसानले गत मे महिनामा पनि चार हजार ८०० कामदार कटौति गर्ने योजना सार्वजनिक गरेको थियो। निसानमा विश्वभर एक लाख ३९ हजार कामदार र कर्मचारी कार्यरत छन्। कम्पनीका पूर्व प्रमुख कार्लोस घोउनको गिरफ्तारी र संयुक्तराज्य अमेरिका तथा युरोपमा कारको बिक्री घटेपछि कम्पनीमा समस्या उत्पन्न भएको छ। निसानका एक जना प्रवक्ताले कर्मचारी कटौतीका बारेमा सोधिएको प्रश्नमा प्रतिक्रिया दिन अस्वीकार गरे। 

७. सिरियाको दक्षिण भागमा पर्ने दराआ प्रान्तमा बुधबार इजरायलले आक्रमण गरेको राज्यद्धारा सञ्चालित सञ्चारमाध्यमले जानकारी दिएको छ। तर यस आक्रमणमा परी मानवीय क्षति भने नभएको बताइएको छ। सिरियाली सैन्य चौकीहरु रहेका अलहराह पहाडी इलाकामा उक्त हवाई आक्रमण भएको त्यहाँका सञ्चार माध्यमले जानकारी दिएका छन्। उक्त पहाडी इलाकामा सिरियाली सैनिकका पोष्टहरु रहेका बताइएको छ। त्यसैले सो पहाडमा इजरायलले आक्रमण बढाइरहेको बताइएको छ।

८.अफगानिस्तानको पश्चिमी प्रान्त फराहमा भएको झडपमा परी कम्तीमा छ जनाको ज्यान गएको छ। यसरी मारिनेमा चारजना प्रहरी पनि परेको बताइएको छ। उक्त प्रान्तको दाराबाद भन्ने स्थानमा प्रहरी र तालिबानबीच गोली हानाहान भएको बताइएको छ। त्यस क्रममा मङ्गलबार अपरान्ह ६ जनाको ज्यान गएको अधिकारीहरुले जनाएका छन्। दाराबाद जिल्लाको सुल्तान मिरमा रहेको प्रहरी चौकीमा तालिबानहरुले हमला गरेका थिए। हतियारसहित ठूलो संख्यामा आएका तालिबानहरुले त्यस प्रहरी चौकीमा हमला गरेपछि दोहोरो भिडन्त भएको थियो। 

९. रसीयन परराष्ट्रमन्त्री सेर्गेई लाभरोभ र उनका फ्रान्सेली समकक्षी जाँ वश ल–द्रँबीच २०१५ को बहुपक्षीय आणविक सम्झौताबारे  फोनवार्ता भएको छ। जेसीपीओए भनेर चिनिने उक्त आणविक सम्झौतालाई अमेरिकी पक्षले एकतर्फी ढंगले तोडेपछि उक्त सम्झौताको अन्तर्राष्ट्रिय बैधतामाथि प्रश्न उठ्न थालेको थियो।

१० ईरानले अमेरिकाको मध्यपूर्व आर्थिक योजना बेकम्मा भएको बताएको छ।  ईरानी सर्वोच्च नेताका एकजना आर्थिक सल्लाहकारले यस्तो बताएका हुन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।
बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।