शुक्रबार, वैशाख ७, २०८१

अगस्टमा लन्च हुँदै सामसङको 'ग्यालेक्सी फोल्ड' 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं – लामो समयदेखि प्रतिक्षामा रहेको सामसङ ग्यालेक्सी फोल्डएबल आउँदो अगस्टमा रिलिज हुने भएको छ। यससँगै सामसङको फोल्डएबल फोन ल्याउने महत्वकांक्षी योजना सफल भएको छ। 

कम्पनीले सन् २०१७ फोल्डएबल मोबाइल बनाउने घोषणाले मोबाइल जगतमा ठुलो तहल्का मच्चाएको थियो। ग्यालेक्सीको सिरिजमाको उक्त फोल्डएबल मोबाइल सन् २०१८ मै लन्च हुने भनिएको थियो। तर, विभिन्न समस्याका कारण लन्च हुने सकेन। 

त्यसपछि सन् २०१९ अप्रिल २४ को लागि सारिएको थियो। तर, फोन रिभ्युको क्रममा धेरैको गुनासो यसको स्क्रिनमा गरे।

ग्यालेक्सी फोल्डएबलको रिभ्युमा डिस्प्लेको समस्या आएको  थियो । फोनलाई फोल्ड गर्ने बित्तिकै उक्त फोन फोल्ड हुने भएको स्थानबाट स्क्रिन चर्कने समस्या देखिएको थियो। उक्त, समस्याको समाधानको लागि कम्पनीले आफ्नो लन्चिङ मिति सारेको थियो। 

स्क्रिनको लागि विशेष प्राथमिकता

डिस्प्लेको लागि कम्पनीले प्रोटेक्टिभ डिस्प्ले लेयर राखेको छ। उक्त लेयर मोबाइलको भित्री लेयरबाटै ‘अट्याच’ गरिएको छ। जुन अरू सामान्य मोबाइलको जस्तो निकाल्न मिल्दैन। त्यस्तै,  फोल्ड गर्ने क्रममा पनि यो विशेष लेयरले तल र माथिको ग्याप हुन दिदैन।

यस्ता छन् फिचर्स

यस स्मार्ट फोनमा सेभन एनएम क्वालकोम स्न्याप ड्रयागन ८५५ अक्टाकोर सोओसी प्रोसेसर रहेको छ । फोनको ¥याम १२ जिबी र रोम ५ सय १२ जिबीको रहेको छ । फोनमा तीन ब्याक क्यामेरा रहेका छन् । जसमा दुई क्यामेरा १२ मेगापिक्सेलको हुन् भने अर्को १६ मेगापिक्सेलको रहेको छ। वाइफाइ, जिपिएस र युएसबी टाइप सी पोर्ट यसमा रहेका छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्