शनिबार, वैशाख ८, २०८१
  • गृहपृष्ठ
  • समाज
  • प्रतिपक्षीको प्रस्तावमाथि छलफल हुने भएपछि चल्ने भयो संसद 

प्रतिपक्षीको प्रस्तावमाथि छलफल हुने भएपछि चल्ने भयो संसद 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र प्रतिपक्षी राष्ट्रिय जनता पार्टी (राजपा)ले संसदमा दर्ता गराएको सार्वजनिक महत्वको प्रस्तावमाथि छलफल हुने भएपछि संसद चल्ने भएको छ।

सिंहदरबारस्थित सभामुख कृष्णबहादुर महरासँगको छलफलमा प्रतिपक्षीको बाढी पहिरो सम्बन्धी सार्वजनिक महत्वको प्रस्तावमाथि छलफल गर्ने सहमति भएको छ। उक्त सहमति पछि आज प्रतिनिधि सभाको बैठक सञ्चालन हुने जनाइएको छ।

सभामुखसँगको छलफलमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडसहित पुष्पा भुसाल, मिनेन्द्र रिजाल र दिलेन्द्र बडु, पार्वती डिसी चौधरी सहभागी थिए।

सत्ता पक्षका नेकपा संसदीय दलका उपनेता सुवास नेम्बाङ, प्रमुख सचेतक देव गुरूङ, राजपा अध्यक्ष मण्डलका संयोजक राजकिशोर यादव र लक्ष्मणलाल कर्णलगायतको उपस्थिति थियो। 

आज एक बजेका लागि बोलाइएको बैठक २ः३० बजेका लागि सरेको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।