शनिबार, वैशाख ८, २०८१

ज्ञानेन्द्रले बनाए कीर्तिमान

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं- नेपाली राष्ट्रिय क्रिकेट टोलीका उपकप्तान ज्ञानेन्द्र मल्लले कीर्तिमान बनाएका छन् । उनले आइसिसी टी–२० विश्वकप एसिया क्षेत्रीय छनोट अन्तरगत मलेसियाविरुद्धको खेलमा कीर्तमान बनाएका हुन् । 

ज्ञानेन्द्रले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालका लागि सबैभन्दा छिटो अर्धशतक बनाउने खेलाडीको रेकर्ड बनाएका हुन् । उनले मात्र २० बलमा ५१ रनको अर्धशतकीय पारी खेल्दै कीर्तिमानी पारी खेलेका हुन् । उनको अर्धशतकसँगै नेपालले मलेशियालाई ७ विकेटले पराजित गरेको छ। 

ज्ञानेन्द्रले २० बलमा ५ चौका र ३ छक्का प्रहार गर्दै ५१ रनको पारी खेले । उनी २१ औं बलमा मुहमद शाहदतको बलमा क्याच आउट भए । यसअघि उक्त रेकर्ड विनोदको नाममा थियो ।

विकेटकीपर तथा आक्रामक ब्याट्सम्यान विनोद भण्डारीले टी–२० क्रिकेटमा मलेसियासँगको दोस्रो टी–२० अन्तराष्ट्रियमा क्रिकेटमा २५ बलमै ५ छक्का र ३ चौका सहित ५१ रनमा अविजित रहेका थिए ।

त्यस्तै पारस खड्काले मलेसियासँगको पहिलो सिजिर खेलमा ३२ बलमा अर्धशतक पुरा गरेका थिए । टी–२० अन्तर्राष्ट्रियमा ज्ञानेन्द्र नेपालबाट अर्धशतक पुरा गर्ने पाँचौ खेलाडी हुन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।