बुधबार, जेठ १४, २०७७

प्रविधि

कस्तो आउला सामसुङ ‘ग्यालेक्सी एस ११’ ?

1573468576Samsung_s11.jpg

एजेन्सी- दक्षिण कोरियाली कम्पनी सामसुङको ‘एस’ सिरिज ग्यालेक्सी एस ११ स्मार्टमाफोन तीनवटा फरकफरक स्वरुपमा लञ्च हुने भएको छ।

न्युज एजेन्सी आईएएनएसले ट्वीटरमार्फत् यस्तो खुलासा गरेको हो। उसले अमेरिकन टेक ब्लगरका अनुसार यस स्मार्टफोनलाई तीनवटा स्कृनमा लञ्च हुने उल्लेख गरेको छ।

यसअघि साममोबाइलले आफ्नो एउटा समाचारमा ग्यालेक्सी ११ आगामी सन् २०२० को फेब्रुअरीमा लञ्च हुने जनाएको थियो।

समाचारअनुसार ग्यालेक्सी एस ११ स्मार्ट फोनमा सबैभन्दा शक्तिशाली क्यामेरा जडान हुनेछ। यो क्यामेरा धेरै जुम र अहिलेसम्मकै बढी रेज्युलेशनको हुनेछ।

सामसुङ इनसाइडरका अनुसार लो लाईट फोटोग्राफीको ट्रेटासेल टेक्नोलोजीका साथमा नयाँ सेन्सर जडान हुन सक्नेछ।

यसमा पछाडि १६ मेगाफिक्सेलको एउटा १३ मेगाफिक्सेलका २ वटा र ५ मेगाफिक्सेलको एउटा क्यामेरा हुने अनुमान गरिएको छ।

त्यस्तै सेल्फीका लागि ८ मेगाफिक्सेलको क्यामेरा हुने अनुमान गरिएको छ।

साथै ३७०० एमएचको ब्याट्री रहने अनुमान गरिएको छ।

प्रतिक्रिया दिनुहोस्