मंगलबार, वैशाख ११, २०८१

एकैचोटी १८ सय ठेकेदार कारबाहीमा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौँ- निर्माणको काम अलपत्र पार्ने तथा ठेक्का मात्रै ओगटेर बस्ने १८ सय भन्दा बढि ठेकेदारमाथि कारबाही प्रक्रिया अगाडी बढाइएको छ । 

गृहमन्त्रालयले १८ सय ठेकेदारको लिस्ट नै अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई दिदै अनुसन्धान र कारबाहीका लागि लिखित आग्रह गरेको छ । गृहमन्त्री रामबहादुर थापाले मंगलबार पत्रकार सम्मेलनमार्फत यस्तो जानकारी दिएका हुन् । 

उनले भने- 'काम चोर ठेकेदार कुनै हालतमा छाडिन्न । यस्तैका कारण काम पनि रोकिने र भ्रष्टाचार पनि बढ्ने गरेकाले कडा कारबाही गरिने छ ।'  ‘गैरजिम्मेवार ठेकेदारलाई कारबाही गर्न र सुशासन कायम गर्न सकेनौं भने समृद्धि सम्भव छैन,’ उनले भने, ‘काम नगर्ने ठेकेदारलाई कानुनसम्मत ढंगले कारबाही प्रक्रिया अगाडि बढाएका छौं ।’ 

मन्त्री थापाले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसँग समन्वय गरेर निर्माण व्यवसायीलाई ठीक ठाउँमा ल्याउने र विकास निर्माणका काम समयमै पूरा गर्ने गरी प्रयास भइरहेको जानकारी दिए ।

यता अख्तियारले भने गृहले पत्र पठाएलगतै छानविन प्रकृया अघि बढाएको छ । अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले ठेक्का ओगटेर मात्रै बस्ने तर काम नगर्ने ठेकेदारमाथि छानविन सुरु गरिएको जानकारी दिए । 

उनका अनुसार ठेकेदार र जिम्मेवार अधिकारीको लापरबाहीका कारण १८ सय ४८ आयोजना रुग्ण बनेको पाइएको छ । आयोगले यसबारे ६ महिनाअघि अनुसन्धान गरेर रिपोर्ट सार्वजनिक गरेको थियो । कोइरालाका अनुसार अनुसन्धानका क्रममा अधिकांश ठेक्कामा पेस्की रकम बुझेर पनि काम नगरेको पाइएको छ ।

१८ सय ४८ आयोजनाको कुल ठेक्का रकम १ खर्ब १८ अर्ब रुपैयाँ छ । निर्माण व्यवसायीले ती ठेक्कामा २३ अर्ब रुपैयाँ पेस्की लिइसकेका छन् । आयोजनामध्ये मुख्यतः सडक, पुल र सिँचाइमा बढी समस्या पाइएको छ । ठेक्का सम्झौता हुनासाथ निर्माण व्यवसायीले कुल रकमको बढीमा २० प्रतिशतसम्म पेस्की रकम पाउने व्यवस्था छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।