शुक्रबार, वैशाख ७, २०८१

विश्‍वमा आज : कहाँ के-के भयो ?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
१. बोरिस जनसन बेलायतको नयाँ प्रधानमन्त्री बन्ने भएका छन्। कन्जर्भेटिभ दलले प्रधानमन्त्री टेरिजा मेको उत्तराधिकारीका रूपमा बोरिस जनसनलाई चुनेपछि उनी बेलायतका प्रधानमन्त्री बन्ने पक्का भएको हो।

दलका लगभग एक लाख ६० हजार सदस्यले गरेको मतदानको निर्णयका आधारमा बोरिस नयाँ प्रधानमन्त्री बन्ने भएका हुन्। बुधवार उनले मेको उत्तराधिकारीका रूपमा ब्रिटेनको नयाँ प्रधानमन्त्रीको सपथ ग्रहण गर्नेछन्।

२. हाइटीका राष्ट्रपति जोभेनेल मोसेले सोमबार नयाँ प्रधानमन्त्री नियुक्त गरेका छन्। उनले फ्रिज विलियम मिसेललाई यहाँको नयाँ प्रधानमन्त्रीका रुपमा सोमबार नियुक्त गरेका जनाइएको छ।

यसअघिका प्रधानमन्त्री जिन माइकल लापिनले राजीनामा दिएपछि सोमबार विलियम मिसेललाई नयाँ प्रधानमन्त्रीका रुपमा नियुक्त गरिएको हो। 'लापिनले राजीनामा दिएपछि मैले यहाँका राष्ट्रिय राजनीतिक दलका नेताहरुका साथै सिनेट र चेम्बर अफ डेपुटिजसँग परामर्श गरेँ र उहाँलाई हाइटीको नयाँ प्रधानमन्त्रीका रुपमा नियुक्त गरेँ', राष्ट्रपति मोसेले ट्वीटमा लेखेका छन्।

३. बेलायतको युरोपेली युनियन पक्षधर विपक्षी दल लिबरल डेमोक्रयाटिक पार्टीको नेतामा पहिलो पटक महिला नेत्री चुनीएकी छिन्। ब्रेक्जिट विरोधी यस ३१ वर्ष पुरानो पार्टीमा महिला नेतृ जो स्वीनसन निर्वाचित भएकी हुन्।

युरोपेली युनियनबाट बेलायतको बहिर्गमन (ब्रेक्जिट) लाई कुनै पनि हालतमा पारित हुन नदिनुको पहिलो चुनौती रहेको छ। बेलायत आगामी अक्टोबर ३१ मा युरोपेली युनियनबाट अलग हुँदैछ।

तर, ब्रेक्जिटका जटिलता अद्यापी छन्। यसबीच, युरोपेली संसदको नयाँ निर्वाचन भएको छ भने युरोपेली युनियनमा नयाँ पदाधिकारीहरु निर्वाचित भएका छन्। अर्कातर्फ बेलायतमै प्रधानमन्त्री थेरेसा मेले ब्रेक्जिटमा सहमति जुटाउन नसकेको भन्दै प्रधानमन्त्री पदबाट राजीनामा दिइसकेकी छिन्।

४. विद्रोहीको बलियो प्रभाव रहेको सिरियाको उत्तरपश्चिम भागमा पर्ने इद्लिब प्रान्तको व्यस्त बजार इलाकामा सोमबार भएको एक हवाई आक्रमणमा २० सर्वासाधारण मारिएका छन्।

इद्लिबको दक्षिण भागमा रहेका मआरेट अल नुम्यान शहरलाई लक्ष्यगरी भएको यस आक्रमणमा परी अन्य कैयौं व्यक्ति घाइते भएका बताइएको छ। रुसको नेतृत्वमा भएको यस आक्रमणमा सिरियाली सरकारी सेनाको पनि सहभागीता रहेको अल जजिरा टेलिभिजन च्यानलले जनाएको छ।

यस हवाई आक्रमण लगत्तै सिरियाको उत्तर भागमा पर्ने सरकारको बलियो पकड रहेको हामा प्रान्तको एक  गाउँमा  विद्रोहीले गरेको  गोली  प्रहारमा परी सात व्यक्तिको मृत्यु भएको  राज्यद्धारा सञ्चालित सञ्चार माध्यमले जानकारी दिएको छ।

५. उत्तर कोरियाली नेता किम जोङ अनले हालै निर्माण गरिएको पनडुब्बीको निरीक्षण गरेका छन्। उत्तर कोरियाली समाचार संस्था (केसिएनए) का अनुसार नयाँ निर्माण गरिएको पनडुब्बीले पूर्वी कोरियाली समुद्रमा सेवा गर्नेछ।

यो पनडुब्बीलाई चाँडै प्रयोगमा ल्याइने पनि केसिएनएले जनाएको छ। केसिएनएका अनुसार किमले उत्तर कोरियाको सैनिक क्षमता सुदृढ गर्न पनडुब्बीको निर्माणले महत्वपूर्ण योगदान पुर्याएको भन्दै पनडुब्बी निर्माणमा संलग्न सबैलाई धन्यवाद दिए। नेता किमले उत्तर कोरियाको प्रतिरक्षा उद्योगको तिब्र विकासमा शक्तिशाली पनडुब्बी निर्माणले अर्को कोशेढुंगा पार गरेको पनि बताए।

६. अफगानिस्तानको दक्षिण भागमा पर्ने हेलमाण्ड प्रान्तको मार्जा जिल्लामा तालिबान लडाकू समूह लुकेर बसेका इलाका लक्ष्यगरी गरिएको हवाइ आक्रमणमा एक समूह कमाण्डरसहित तीन तालिबान लडाकू मारिएका छन्।  अफगान सेनाले मङ्गलबार प्रकाशित गरेको एक विज्ञप्तिमा उक्त जानकारी दिइएको छ।  

जारी विज्ञप्तिका यस हवाइ आक्रमणमा मारिएका तालिबान कमाण्डरको नाम फारिद रहेको जनाइएको छ। प्रायःअशान्त अवस्थामा रहने हेलमाण्ड प्रान्तमा सक्रिय रहेका तालिबान लडाकू समूहले यस विषयमा कुनै टिप्पणी गरेका छैनन्।
 
७. चीनले सन् २०२० भित्र देशभर २९ हजार फुटबल मैदान बनाउने योजना सार्वजनिक गरेको छ। चिनियाँ शिक्षा मन्त्रालयका एक वरिष्ठ अधिकारी वाङ डेङफेङले चीनमा अझै पनि फुटबल मैदानको संख्या सानो रहेकाले त्यसलाई विस्तार गर्न लागिएको बताए। 'गत वर्ष सेप्टेम्बरसम्ममा देशभर करिब एक लाख २० हजार फुटबल मैदान थिए।', उनले भने, 'सबै आकारका फुटबल मैदान गणना गर्दा प्रत्येक स्कुलमा ६०० विद्यार्थीका लागि १ प्रतिशत मात्र मैदान उपलब्ध हुन्थ्यो।

८. अमेरिका भ्रमणमा रहेका पाकिस्तानी प्रधानमन्त्री इमरान खानले आतंकवादी संगठन अल–कायदाका प्रमुख ओसामा बिन लादेन पाकिस्तानमा रहेबसेको ठाउँका बारेमा पाकिस्तानी गुप्तचर निकायहरुले नै अमेरिकालाई सूचना दिएको बताएका छन्।

पाकिस्तानले हालसम्म बिन लादेन पाकिस्तानको कुन ठाउँमा बस्थे भन्ने आफूहरुलाई आधिकारिक जानकारी नभएको बताउँदै आएको थियो। अमेरिकी विशेष फौजले पाकिस्तानभित्रै प्रवेश गरेर सन् २०११ मे २ तारिखमा गरेको कारबाहीमा बिन लादेन मारिएका थिए।

९. अफ्गान सरकारले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको केही भनाइप्रति तिब्र रुपमा रोष प्रकट गर्दै त्यसबारे प्रष्ट्याउन अमेरिकी प्रशासनलाई अनुरोध गरेको छ। ट्रम्पको भनाइले अफ्गानी सम्प्रभूता, राष्ट्रियता एवं राष्ट्रिय एकतामाथि आँच आउने बताइएको छ। 

१०. भारतीय राज्य कर्नाटकमा प्रान्तीय सरकारको संकट चुलिँदै गएको छ। गठबन्धन सरकारको विश्वासको मत आर्जन गर्न कर्नाटकका विधान सभा अध्यक्षले आज साँझसम्मको अन्तिम समयसिमा तोकेका छन्। विश्वासकै मत आर्जन गर्नका लागि आयोजित विधान सभा बैठक निर्णयमा पुग्न नसक्दा पटक पटक अनिर्णयमा टुङ्गिएको थियो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।
बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।