शुक्रबार, वैशाख ७, २०८१

ऐतिहासिक अमरगढी किल्लामा तालाबन्दी

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
धनगढी - नगरपालिकाले बजेट फिर्ता पठाएको विषयलाई लिएर डडेल्धुरा सदरमुकामा रहेको ऐतिहासिक अमरगढी किल्लामा एक हप्ता देखि तालाबन्दी गरिएको छ।

अमरगढी नगरपालिका–५ मा रहेको ऐतिहासिक पर्यटकीय स्थल अमरगढी किल्लामा किल्ला पर्यटन पूर्वाधार क्षेत्र विकास समितिले तालाबन्दी गरेको हो। साउन १ गते देखि समितिले प्रवेश गेटमै तालाबन्दी गरेपछि किल्ला हेर्न आउने पर्यटक टाढैबाट फर्किने गरेका छन्।

किल्लाको पुनर्निर्माण गर्न पुरातत्व विभागबाट आएको २५ लाख बजेट अमरगढी नगरपालिकाले फिर्ता पठाएपछि  ताला लगाएको अमरगढी किल्ला पर्यटन पूर्वाधार क्षेत्र विकास समितिका अध्यक्ष प्रवीण जैरुले जानकारी दिए।

अमरगढी किल्लाको पुनर्निर्माणका लागि असारदेखि काम सुरु गरेको भएपनि अमरगढी नगरपालिकाले कामको मूल्याङ्कन नगरी पेश्की स्वरुप दुई लाख ८३ हजार रुपैयाँ मात्रै दिएर बाँकी रकम फ्रिज हालेकोले तालाबन्दी गरिएको उनको भनाइ छ।

‘पुनर्निर्माणका लागि पुरातत्व विभागबाट गत पुसमै बजेट आएको थियो, उक्त रकम किल्लामा लगाउनुपर्छ भनेर कार्यपालिकाबाट कुनै निर्णय नगरेको पनि उनले सुनाए। ढिलोगरी सम्झौता हुँदा काममा केही ढिलाई भए पनि आफुहरुले करिब १२ लाख बराबरको काम सम्पन्न गरिसकेको उनले दाबी गरे। कामको मुल्यांकन भएर रकम नपाउँदासम्म ताला नखोल्ने जैरुले बताए। 

अमरगढी नगरपालिकाका मेयर विशेश्वर प्रसाद ओझाले पुरातत्व विभागले काम चाँडै गर्न अनुमति नदिएकाले समस्या भएको बताए। ‘पुरातत्व विभागले काम गर्नको लागि समयमै अनुमति नदिनु, कार्यपालिकामा त्यसका बारेमा विवाद भइराख्नुले ढिलो भएको हो’ ओझाले भने।

गत वर्ष सरकारले छनोट गरेका एक सय नयाँ पर्यटकीय गन्तव्यमा ‘अमरगढी किल्ला’ पनि परेको थियो। 

नेपाल एकीकरणका बेला बडाकाजी अमरसिंह थापाद्वारा किल्लाको निर्माण गरिएको थियो।

अमरगढी किल्लाभित्र सैनिकका लागि २२ वटा गुफा बनाइएको छ। त्यस्तै, युद्ध छल्न तथा सफलताका लागि शस्त्रनिरोध मार्ग निर्माण गरिएको छ।

अमरगढी किल्ला पर्यटकीय आकर्षणको केन्द्र बन्दै गएको थियो। नगरपालिकाले सर्वसाधारणका लागि यो किल्ला खुला गरेको थियो। अमरगढी किल्लाको ऐतिहासिक र धार्मिक महत्व छ।डडेल्धुरा घुम्न आउने पर्यटकको पहिलो रोजाइमा किल्ला नै पर्छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।