एजेन्सी- अन्तराष्ट्रिय क्लब मैत्रिपूर्ण खेलमा बार्सिलोना इङ्लिस क्लबा चेल्सीसँग पराजति भएको छ । मंगलबार जापानको साइतामा मैदानमा भएको खेलमा क्लब मैत्रिपूर्ण खेलमा ला लिगा च्याम्पियन बार्सिलोना चेल्सीसँग २-१ ले पराजित भएको हो ।
चेल्सीको जितका लागि तामी अब्रहम र रोज बार्कलेले एक एक गोल गरे । बार्सिलोनाका लागि इभान राकिटिकले एक गोल फर्काए । निकै नै रोमाञ्चक बनेको खेलको पहिलो हाफमा १-० ले अग्रता लिएको चेल्सीले दोस्रो हाफमा थप एक गोल गर्दा एक गोल खाएको थियो ।
खेलको ३४ औं मिनेटमा अब्राहिमले गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए । उनले जोर्गिन्होको पासमा बार्सिलिोनाका गोलरक्षक मार्क आन्द्रे स्टेगनलाई बिट गर्दै गोल गरेका हुन् ।
त्यस्तै ८१ औं मिनेटमा रोजले गोल गर्दै चेल्सीलाई २-० को अग्रता दिलाए । उनले मार्कोस एलान्सोको पासमा गोल गोल गरेका हुन् । खेलको इन्जुरी समयमा राकिटिकले गोल गर्दै बार्सिलोनालाई खृलमा फर्काउने प्रयास गरेका थिए ।
तर, थप गोल गर्न नसक्दा बार्सिलोना चेल्सीसँग २-१ ले पराजित भएको हो । यससँगै प्रि-सिजनको पहिलो मेत्रिपूर्ण खेलमा बार्सिलोनाले खराव सुरुवात गरेको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४