काठमाडौं- कतारसाग ४ विकेटले पराजित भएको खेलमा कप्तान पासर खड्का र उपकप्तान ज्ञानेन्द्र मल्लले कीर्तिमानी बनाएका छन् । कप्तान र उपकप्तााद्वयले पहिलो विकेटका लागि टी-२० अन्तर्राष्ट्रियमा सर्वाधिक रन बनाउँदै कीर्तिामनी बनाएका हुन् ।
पारस र ज्ञानेद्रले सिंगापुरमा जारी आईसीसी टी-२० विश्वकप छनोट अन्तरगतको एसिया फाइनलको पहिलो खेलमा कतारविरुद्ध ओपनिङ ब्याटिङ गर्दै ४९ रनको साझेदारी गरेका हुन् ।
जुन नेपाली क्रिकेट टोलीले टी-२० अन्तर्राष्ट्रियमा पहिलो विकेटका लागि बनाएको सर्वाधिक रनको साझेदारी हो । कतारविरुद्ध पहिले टस जितेर ब्याटिङ गर्ने क्रममम कप्तान पारसले २८ रन जोडका थिए । उक्त साझेदारीका लागि ज्ञानेन्द्रले २१ रनको योगदान दिएका थिए ।
यसअघि पहिलो विकेटका लागि सर्वाधिक रनको साझेदारी सुवास खकुरेल र सागर पुनको नाममा थियो । उनले सन् २०१४ मा पहिलो विकेटका लागि सर्वाधिक ३६ रनको साझेदारी गरेका थिए ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४