‘फेस एप’ एउटा फोटो एडिटर एप हो। जसले आर्टिफिसिएल इन्टेलिजेन्समार्फत प्रयोगकर्ताले राखेको तस्बिरलाई उमेरअनुसार मुहारको रूप बदलिदिन्छ।
अहिले युवाले आफूलाई बुढेसकालमा कस्तो देखाउँछ भनेर यो एप प्रयोग गरेको देखिन्छ। रमाइलोका लागि यो एप बढी प्रयोग भएको छ।
विश्वभरका सेलिबे्रटीले समेत आफूलाई बूढेसकालमा कस्तो देखिँदो रहेछ भनेर एप प्रयोग गर्दै त्यस्ता तस्बिरहरु सेयर गरिरहेका छन्।
पछिल्लो केही दिनयता आफ्नो अनुहार बुढेसकालमा कस्तो देखिन्छ भन्ने ‘ट्रेन्ड’ चलेको छ। यो एपमा भने विगतमा कस्तो थियो, अहिले कस्तो छ र ५० सालपछि कस्तो हुनेछ भन्ने फिचर
राखिएको छ।
यसरी परिवर्तन गर्न फेस एपले आर्टिफिसियल इन्टलिजेन्स प्रयोग गर्छ। यसका लागि प्रयोगकर्ताले मात्र आफ्नो तस्बिर अपलोड गर्नुपर्नेछ।
रसियन एप कति सुरक्षित छ भन्नेबारे विश्वभर प्रश्न उठेको छ। फेसएप २०१७ मा लन्च भए तापनि २०१९ मा चर्चामा आएको हो। यो एप एक रसियन कम्पनी वायरलेस ल्याबले बनाएको थियो। जसको संस्थापक र सिइओ यारोवल गोनसरोब माइक्रोसफ्टमा काम गर्थे।
रसियन एप भएकै कारण फेस एपबाट प्रयोगकर्ताको डाटा लिग हुने खतरा छ। डाटा लिग हुने विषयका अमेरिका पनि चिन्तित देखिन्छ। डेमोक्रेटिक पार्टीका नेताले फेस एपलाई तुरुन्तै आफ्नो मोबाइलबाट हटाउने र एफबिआईबाट जाँच गराउने माग गरेका छन्।
मोबाइल एप्सबाट प्रयोगकर्ताको निजी डाटा चोरी हुने कुनै नयाँ विषय हैन। फेसबुक र गुगलजस्ता ठूला कम्पनीलाई पनि डाटा र निजी जानकारी दुरुपयोग गर्ने आरोप लागेको छ। कम्पनीले अर्बाैं जरिबाना पनि तिरिसकेका छन्।
फेस एप आर्टिफसियल इन्टेलिजेन्समा आधारित छ। आर्टिफिसियल इन्टेलिजेन्स भन्नाले कम्प्युटरले मानिसको जस्तै सोच्ने र बुझ्ने क्षमता भएको गुण हो।
कति भाइरल भयो फेस एप ?– १० करोड भन्दा धेरै पटक गुगल स्टोरबाट डाउनलोड
– १२१ देशमा एपल एप स्टोरमा पहिलो एप
– १२.५ लाख भन्दा बढी फेस एप सँग सम्बन्धित इन्स्टाग्राम पोस्ट।
– २२ हजारभन्दा वढी ट्विट फेस एपसँग सम्बन्धित
– ९७ प्रतिशत मानिसको रुचि फेस एपमा देखिने गुगल ट्रेडको दाबी
प्रयोगकर्ताले अपलोड गरेको तस्बिर फेस एपले आफूसँग राखेर आफूखुसी प्रयोग गर्नसक्छ। मोबाइलको फोटो एल्बम पनि सिन्क हुन्छ। फेस एपले अपलोड गरेको तस्बिर र परिवर्तन भएको तस्बिर आफ्नो सर्भरमा राख्ने पहिले प्रयोगकर्तालाई सूचना दिएको हुन्छ। तर तस्बिर ४८ घन्टाभन्दा बढी सर्भरमा नरहने फेस एपको दाबी छ।
फेस एप प्राइभेसी पोलिसीअनुसार यसले प्रयोगकर्ताको तस्बिर जसरी पनि प्रयोग गर्नसक्छ। तस्बिर परिवर्तनका लागि प्रयोगकर्ताले सबै डाटा प्रयोग गर्ने जिम्मा एपलाई दिएको हुन्छ।
फेस एप प्रयोग गर्नुअगाडि फेस एपको पोलिसीमा प्रयोगकर्ताले दिएको जानकारी कुनै पनि तरिकाबाट साझा गर्न सकिन्छ। साथै फेस एपलाई दिएको जानकारी पूरै सुनिश्चित गर्न नसक्ने जानकारी पनि दिएको हुन्छ। प्रयोगकर्ताको मोबाइल डिभाइस, आइएमआइ नम्बर र लोकेसनजस्ता सम्पूर्ण जानकारी थर्ड पार्टीबाट साझा गर्न सकिन्छ।
यसरी प्रयोगकर्ताको तस्बिर र निजी जानकारी गलत रुपमा प्रयोग हुनसक्छ। फेस ऐपले प्रयोगकर्ताको अनुहारको विवरण सञ्चय गरेको छ र यही चिन्ताको विषय बनेको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४