बिहीबार, वैशाख १३, २०८१
  • गृहपृष्ठ
  • समाज
  • केन्याबाट फर्किएका युवती भन्छन्, ‘वित्थामा बढी हल्ला भयो, फेरि जान्छौं’

केन्याबाट फर्किएका युवती भन्छन्, ‘वित्थामा बढी हल्ला भयो, फेरि जान्छौं’

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं – केन्याबाट उद्धार गरी नेपाल ल्याइएका युवतीहरुले आफू त्यहाँ राजिखुशीले गएको र सहजतापूर्वक काम गरिरहँदा पनि बलपूर्वक फिर्ता गरेको गुनासो गरेका छन्।

गत वैशाखमा केन्याका डान्सबारमा नेपाली युवतीहरुलाई यौनदासी बनाइएको समाचार स्थानीय सञ्चारमाध्यममा प्रकाशित भएपछि केन्याली प्रहरीले मुम्बासास्थित रंगिला डान्सबारमा छापा मारी १२ नेपाली युवती र बार सञ्चालकलाई नियन्त्रणमा लिएको थियो।  ती युवतीहरुलाई केन्यास्थित गैरआवासीय राजनीतिक मिसन, नेपाली दूतावासमा राखिएको थियो। 

अन्तर्राष्ट्रिय आप्रवासी संगठनको सहयोगमा नेपाल प्रहरीको मानव बेचविखन अनुसन्धान ब्यूरोले फिर्ता ल्याएका ती युवतीहरुलाई अहिले आफन्तको जिम्मा लगाइसकिएको छ।  २३ देखि २५ वर्ष उमेर समूहका ती युवतीहरु आफूले डान्सबारमा नाच्ने काम गरेर राम्रो आम्दानी गरिरहेका बेला प्रहरीले एक्कासी पक्राउ गरेको बताउँछन्।

ब्यूरोलाई दिएको बयानमा पनि उनीहरुले आफू स्वेच्छाले कामका लागि केन्या पुगेको बताएका छन्। तीनैमध्येकी एक युवती भन्छिन, “हामीलाई त्यहाँ कसैले नराम्रो गरेको थिएन,  आफ्नै मर्जीले काम गरिरहेका थियौं, त्यसै फिर्ता ल्याए।”

केन्याबाट फिर्ता हुनेमध्येकी काभ्रेकी २४ वर्षीया युवती भन्छिन, “हामीले त्यहाँ केही गलत गरेका छैनौं, राम्रै तलब दिएको थियो। बित्थैमा समातेर पठाइदिए।”

सानैमा बाबु गुमाएकी उनी चार भाईबैनीमध्ये जेठी हुन्। काकासँग १२ वर्षअघि काठमाडौं आएकी उनले यहाँ विभिन्न ठाउँमा काम गरिन्। पछिल्लो समय काठमाडौंमा बस्ने उनका तीन भाईबैनीको जिम्मा पनि उनकै काँधमाथि थियो। 

उनकी आमालाई आफ्नी जेठी छोरी विदेश गए पनि कहाँ गएकी हुन् भन्ने थाहा थिएन। भन्छिन,“पहिले काठमाडौंमा पार्लरमा काम गर्छु भन्थी पछि यहाँको कमाईले पुगेन साथीहरुसँग विदेश जान्छु भनेपछि मैले पनि हुन्छ भनिदिएँ।”

केन्याबाट छोरीले बेलाबेला भिडियो कल गर्ने गरेको र त्यहाँ सबै राम्रो रहेको बताएपछि आफू ढुक्क हुन सकेको उनले बताइन्। नेपाल समयसँग कुरा गर्दै उनले भनिन, “सुरुमा विदेश जान्छु भन्दा चिन्ता लागेको थियो तर, उसकै आम्दानीले घर चल्छ। त्यसैले सबै राम्रो छ भनेपछि चित्त बुझाएकी थिएँ।” उनलाई छोरीले केन्यामा पनि ब्यूटी पार्लरमै काम गर्ने बताएकी रहिछन्।

अहिले काठमाडौंमा साथीको डेरमा बसिरहेकी ती युवती अब वैधानिक बाटोबाटै केन्या जाने बताउँछिन्। नेपालमा रहँदा पनि विभिन्न रेष्टुरेन्टहरुमा नाच्ने गरेको बताउने उनले नेपालमा कमाई राम्रो नभएपछि विदेश जान वाध्य भएको सुनाइन्।
 
उनी भन्छिन, “यहाँबाट जाँदा पनि क्लबमा नाच्नुपर्छ भनिएको थियो, त्यहाँ पुगेर पनि क्लबमा नाच्ने काम नै गरिरहेकी थिएँ।”

केन्यामा आफूहरुलाई यौनदासी बनाइएको भन्ने विभिन्न मिडियामा प्रकाशित समाचारप्रति गुनासो गर्दै उनले भनिन्, “हामी टुरिष्ट भिसामा थियौं, त्यसैले पक्राउ गरेको होला।”

उनीसँगै केन्याबाट फकाईएकी अर्की युवती पनि आफूहरुले केन्यामा राम्रै काम गरेर आम्दानी गरिरहँदा यता भने ‘के के न भएजस्तो हल्ला गरिएको’ बताउँछिन्। 
 
एक वर्षअघि केन्या पुगेकी उनी त्यहाँ आफूले राम्रो आम्दानी गरेको र स्वतन्त्रतापूर्वक काम गर्न पाएको दाबी गर्छिन्। भन्छिन, “हाम्रो भिसाको म्याद सकिएकोले प्रहरीले पक्राउ गरी पठाएको हो, मिल्यो भने फेरि जान्छु।”
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।