काठमाडौं - नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सरेको छ।
श्रावण ७ गते दिउँसो १ बजेका लागि बोलाइएको बैठक ९ गते बिहीबार अपरान्ह २ बजे बस्ने भएको छ।
पार्टीको केन्द्रीय कार्यालय, बीपी स्मृति भवन, ललितपुरमा नै बैठक बस्ने मुख्य सचिव कृष्णप्रसाद पौडेलले जनाएका छन्।
सोमबार बीपी स्मृति दिवस रहेकोले अधिकांश नेताहरु जिल्लामा गएका छन्। उनीहरुलाई मंगलबार काठमाडौं फर्किन समस्या हुने भएकोले बिहीबारका लागि बैठक सारिएको नेपाली कांग्रेसका सूचना अधिकार केशव रिजालले जनाएका छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४