बिहीबार, वैशाख १३, २०८१

भिसिटिएसविरुद्ध व्यवसायी सडकमा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं - सरकारले साउन १ गतेदेखि लागु गरेको भिसिटिएस (भेहिकल्स एन्ड कन्साइन्मेनट ट्र्याकिङ सिस्टम) प्रणालीमा व्यवससायीले विरोध जनाइरहेका छन्। उनीहरुले सरकारले ल्याएको नयाँ कर नीति र 'भिसिटिएस सिष्टम' अव्यवहारीक रहेको भन्दै देशभर प्रदर्शन गरिरहेका छन्।  उनीहरुले उक्त प्रणाली खारेज नभएसम्म वा सरकारले निणर्य गरेर पुनर्विचार नगरेसम्म आन्दोलन जारी राख्ने बताएका छन्।

यातायात व्यवसायी, ढुवानी व्यवसायी एवं यातायात मजदुरहरुको सघर्ष समितिका संयोजक गोकर्ण पराजुलीले विकासित देशमा मात्रै लागू गरिएको उक्त प्रविधि नेपालमा पूर्वधारविना ल्याएको आरोप लगाए। उनले सियो समेत उत्पादन नगरी आयतमा निर्भर रहने देशले यो प्रणाली लागु गरेर व्यवसायीलाई अनावश्यक हैरानी दिन खोजेको बताए। सरकारले यो व्यवस्था तत्काल खारेज नगरे आफूहरु कडा आन्दोलनमा उत्रने उनले चेतावनीसमेत दिए।

नेपाल राष्ट्रिय व्यवसायी महासंघका  अध्यक्ष नरेश कटुवालले सरकारले ल्याएको नीतिलाई आफूहरुले स्वीकार गर्ने भए पनि परीक्षणको अवधि एकदमै थोरै भएको बताए। अध्यक्ष कटुवालले भने, ‘सरकारको नीति आउनै हुँदैन भनेको होइन, कमसेकम हामीलाई सिक्ने अवधि त चाहिँयो नि।’

अहिले मुलुकमा साक्षरताको अवस्था नै निकै कमजोर रहेको अझ प्रविधिमा त कमै मात्रै नागरिकको पहुँच पुगेको भन्दै उनले पहिले नसिकाई एक्कासी लागू गर्न नहुने बताए। धेरै व्यवसायीहरुको पहुँचमा कम्प्युटर र इन्टरनेटको पहुँच पुग्न अझै केही समय लाग्ने भन्दै उनले कम्तिमा पनि एक वर्षको अवधि सरकारले दिनुपर्ने उनले बताए। 

सरकारले सुरु गरेको भेइकल ट्रयाकिङ सिस्टम तत्कालै अनिवार्य नगर्न अन्य संघ–संगठनहरुले पनि माग गर्दै आएका छन्।

के हो भिसिटिएस

भिसिटिएस (भेहिकल्स एन्ड कन्साइन्मेनट ट्र्याकिङ सिस्टम) भनेको आयात निर्यातका क्रममा सामान ढुवानी गर्ने सवारीसाधन र त्यसमा ल्याइएको सामानबारे विस्तृत विवरणको सुपरीवेक्षण गर्ने कार्य हो। 

कारोवारको पारदर्शीताका तथाव्यावसायिक प्रयोजनका लागि मालवस्तु तथा ढुवानी साधनको संक्षिप्त विवरण यसमा प्रविष्ट गरिन्छ। यसमा व्यावसायिक प्रयोजनका मालवस्तु आयात/निर्यातकर्ता, उद्योग, भन्सार एजेण्ट, ढुवानी कम्पनी र वितरक तथा थोक बिक्रेताले विवरण भर्नु पर्दछ। यो प्रणालीमा प्रवेश गर्दा प्रयोगकर्ताले आफैंले युजर आइडी र पासवर्ड बनाउन सक्छन्। राजश्व अनुसन्धान विभागको वेबसाइटमा लग इन गरी प्राप्त निर्देशानुसार मालवस्तु र ढुवानी साधनको संक्षिप्त विवरण प्रविष्ट गरिन्छ। मालसामान गन्तव्यमा पुगेपछि चालक र प्रयोगकर्ताले पुगेको जनाउ दिन सक्छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्