शुक्रबार, वैशाख ७, २०८१

आजदेखि तीन दिनसम्म भारी वर्षा हुने, सतर्क रहन अपिल

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं - मनसुनी वर्षा सोमबार सक्रिय भएको छ। देशभर बिहानैदेखि पानी पर्न थालेपछि पहाडी भू-भागमा पहिरो जान सक्ने भएकोले सतर्कता अपनाउन बाढी पूर्वानुमान शाखाले अपिल गरेको छ।

शाखाले भनेको छ, 'पहाड तथा चुरेबाट बहने खोलामा जल सहत हल्का बढ्न सक्ने देखिन्छ। इलाम, झापा, मोरङ, सुनसरी, चितवन, पर्सा लगायत आसपास जिल्लामा मध्यमदेखि भारी वर्षा भइरहेको छ। उक्त जिल्ला भई बहने नदीहरू मेची, विरिङ, निन्दा, कन्काई, मावा रतुवा, लोहन्द्रा, चितवन माडीको रिउखोलालगायत अन्य साना नदीमा आकस्मिक बहाव आउन सक्छ, तटीय क्षेत्रमा रहौँ।'

मनसुनको न्यूनचापीय रेखा नेपालको दक्षिणमा रहे पनि बङ्गालको खाडीबाट नेपाल प्रवेश गरेको जलवाष्पयुक्त हावा र स्थानीय वायुको असरले मध्य क्षेत्र र पूर्वी तराई क्षेत्रमा भारी वर्षा हुने मौसमविद् बरुण पौडेलले जानकारी दिए । उनका अनुसार सोमबार, मंगलबार र बुधबार मनसुन अति सक्रिय हुने र त्यसले भारी वर्षा गराउने छ । 

विशेषगरी काठमाडौँ क्षेत्रमा अबको केही दिन भारी वर्षा हुने अनुमान छ। केही दिनयता राजधानीमा राति र दिनमै पनि भारी वर्षा हुने गरेको छ। निकै आकाश खुले पनि छिनमै बादल लागेर भारी वर्षा भइरहँदा राजधानीका ठूला तथा साना नदीमा बाढी आउन सक्ने मौसमविद्हरुले जनाएका छन् ।

गत हप्ता परेको वर्षासँगै पूर्वी तराई र काठमाडौं उपत्यकाका धेरै ठाउँ डुवानमा परेको थियो । जसमा परेर ९० भन्दा धेरैको मृत्यु भएको छ भने ३५ भन्दा धेरै वेपत्ता भएका छन् । 

आज र भोलिको मौसम पूर्वानुमान

साउन ६ गते सोमबार :

दिउँसो: देशको पूर्वी र मध्य भूभागमा सामान्यदेखि पूर्ण बदलीसाथै पश्चिमी भूभागमा आंशिकदेखि सामान्य बदली रही पूर्वका अधिकांश स्थानमा साथै मध्य तथा पश्चिमका केही स्थानमा वर्षा हुनेछ। पूर्व तथा मध्यका एक दुई स्थानमा भारी वर्षा हुने सम्भावना छ।

राति देशको पूर्वी र मध्य भूभागमा सामान्यदेखि पूर्णबदली साथै पश्चिमी भूभागमा आंशिकदेखि सामान्य बदली रही देशको पूर्वी तथा मध्यका अधिकांश स्थानमा साथै पश्चिमका केही स्थानमा वर्षा हुनेछ। देशको पूर्व र मध्यका थोरै स्थानमा साथै पश्चिमका एक दुई स्थानमा  भारी वर्षा हुने सम्भावना छ।

साउन ७ गते मंगलबार :

दिउँसो: देशको पूर्वी र मध्य पूर्ण बदलीसाथै पश्चिमी भूभागमा सामान्य बदली रही पूर्व र मध्यका अधिकांश स्थानमा साथै पश्चिमका केही स्थानमा वर्षा हुनेछ। देशको पूर्व र मध्यका थोरै स्थानमा साथै पश्चिमका एक दुई स्थानमा भारी वर्षा हुने सम्भावना छ। पूर्व र मध्यका एक दुई स्थानमा अति भारी वर्षाको सम्भावना छ।

राति देशको पूर्वी र मध्य पूर्ण बदलीसाथै पश्चिमी भूभागमा सामान्य बदली रही पूर्व र मध्यका अधिकांश स्थानमा साथै पश्चिमका केही स्थानहरुमा वर्षा हुनेछ। देशको पूर्व र मध्यका थोरै स्थानमा साथै पश्चिमका एक दुई स्थानमा भारी वर्षा हुने सम्भावना छ। पूर्व र मध्यका एक दुई स्थानमा अति भारी वर्षाको सम्भावना छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।