शुक्रबार, वैशाख १४, २०८१

पोखरीमा डुबेर तीन युवतीको मृत्यु

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
घोराही- दाङमा पोखरीमा डुबेर तीन किशोरीको मृत्यु भएको छ । घोराही उपमहानगरपालिका–१८ स्थित कटुवा खोला किनारमा सिँचाइका लागि निर्माण गरिएको पोखरीमा नुहाउने क्रममा डुबेर तीन किशोरीको मृत्यु भएको हो ।  

जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक विनोदविक्रम शाहका अनुसार आइतबार साँझ ७ः४५ बजेतिर पोखरीमा नुहाउने क्रममा घोराही उपमहानगरपालिका–१८ अम्बापुर निवासी १९ वर्षीया वसन्ता विक, घोराही–१८ सालघारी निवासी १९ वर्षीया झरणा विक र झरनाकी १६ वर्षीया बहिनी अमृताको मृत्यु भएको हो । 

उनीहरुलाई पोखरीमा डुबेको अवस्थामा प्रहरीले उद्धार गरी उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगेको थियो । प्रतिष्ठानमा उपचारका क्रममा उनीहरुको मृत्यु भएको प्रहरीले बताएको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक शाहले बताए । रासस
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।