शनिबार, वैशाख ८, २०८१

नेकपाको भागबन्डामा स्कुल विभाग तानातान

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं- सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले  लामो समयपछि जिल्ला इन्चार्जहरुको टुङ्गो लगाएपनि विभागहरुको जिम्मेवारीका विषयमा लफडा भएको छ ।

खासगरि नेकपा भित्रको वैचारिक नेतृत्व गर्ने विभाग स्कुल विभागको जिम्मेवारी पूर्व एमालेले लिने की माओवादीले भन्नेमा चर्को विवाद देखिएको हो ।
 
स्कुल विभागका लागि पूर्व एमालेबाट ईश्वर पोखरेल र पूर्वमाओवादीबाट नारायणकाजी श्रेष्ठले दाबी गरेका छन् । दुईबीचको तानातानका कारण अइतबार बसेको नेकपाको सचिवालय बैठकले विभागहरुको जिम्मेवारी तोक्न सकेन ।
 
यसै विषयलाई आजका पत्रपत्रिकाहरुले मुख्य समाचार बनाएका छन् । कान्तिपुर दैनिकले नेकपामा वैचारिक विवाद ज्युँका त्युँः स्कुल विभाग तानातान शीर्षकमा खबर लेखेको छ ।

अन्नपूर्ण पोस्ट्ले भने नेकपामा भागबन्डा शीर्षकमा खबर छापेको छ । नागरिक दैनिकले भने नेकपामा नेपाल समूह हावीः  जिल्ला इन्चार्जको टुंगो लाग्यो, स्कुल विभागमा अझै विवाद शीर्षकमा खबर लेखेको  छ।
 
नेकपाको जिल्ला इन्चार्जहरुको भागबन्डामा माधव नेपाल पक्षले २४, अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पक्षले २२, केपी ओली पक्षले २०, वामदेव गौतम पक्षले ४, नारायणकाजी श्रेष्ठ पक्षले ४, रामबहादुर थापा पक्षले ४ र ओली नेपाल पक्षले ५ ठाउँको नेतृत्व पाएका छन् ।
 
यस्तै नागरिक दैनिकले सगरमाथा आरोहण गर्न दिइएको नक्कली प्रमाणको विषयलाई पनि प्राथमिकताका साथ छापेको छ ।
 
अन्नपूर्ण पोस्ट्ले भने अझै जनकपुर-जयनगर-कुर्था रेल सञ्चालन हुने कुनै छाँट नदेखिएको विषयलाई प्राथमिकताका साथ छापेको छ । एक वर्षभित्र रेल चलाउन चार पटक बेग्लाबेग्लै मिति घोषणा भइसके पनि रेल आउने छाँटकाट अझै नदेखिएको समाचारमा उल्लेख छ ।
 
अहिले झन बाढीले जयनगरदेखि कुर्थासम्मको ३५ किलोमिटर रेलमार्ग क्षतिग्रस्त बनाएपछि अन्योल बढेको छ।

गत साता पूर्वी धनुषाको जनकनन्दनी गाउँपालिका-१ इनर्वामा कमला नदीको तटबन्ध फुटेर आएको भेलले सय मिटरजति रेल्वे ट्र्याक तहसनहस पारेको छ।

जनकपुर-भंगहा-पिपराढी स्टेसनको लोहारपट्टी हल्टमा ४ किलोमिटर तयार भइसकेको ट्र्याक बेड पनि बाढीले क्षति र्पुयाएको छ। रातो खोलामा आएको बाढीको पानीमा रेल्वे ट्र्याक एक मिटरभन्दा बढी डुबेको छ। डेढ सय मिटर ट्र्याक पूर्णरूपमा क्षतिग्रस्त भएको समाचारमा जनाइएको छ।
 
आजको नयाँ पत्रिकाले भने सरकारले ९९ प्रतिशत लगानी गरेको साझा यातायात घाटामा गएको विषयलाई मुख्य समाचार बनाएको छ ।

सरकारको लगानी रहेका अधिकांश संस्था डुब्ने गरेकाले साझा यातायातको व्यवस्थापनप्रति पनि औँला उठेको छ । आर्थिक वर्ष ०७०/७१ मा यातायात सेवा पुनः सञ्चालन भएयता पाँच वर्षमा तीन वर्ष साझाले सञ्चालन खर्च पनि जुटाउन सकेको छैन ।

साझा यातायातमा प्रदेश ३ सरकारले ३० करोड, काठमाडौं महानगरले २५ करोड र ललितपुरले साढे दुई करोड सेयर लगानीका लागि सम्झौता गरेका छन् । साझाले अहिले ७१ वटा बस सञ्चालन गरिरहेको छ । साझामा दैनिक २० हजारले यात्रा गर्ने साझा यातायातका कार्यकारी निर्देशक भूषण तुलाधर बताउँछन् ।

ललितपुरको हरिहर भवनमा साझाको करिब २२ रोपनी जग्गा छ । भवन र बसमा गरिएको विज्ञापनबाट मात्र साझाले वार्षिक १९ लाख ३७ हजार आम्दानी गर्छ । यो जोड्दा पनि संस्था घाटामा देखिएको समाचारमा उल्लेख छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।