शुक्रबार, वैशाख १४, २०८१

नेकपा प्रदेश १ : कतै पाँच सहइन्चार्ज कतै शुन्य 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
इटहरी- नेकपाको प्रदेश १ का १४ जिल्लामा इन्चार्ज एक/एकजना राखिए पनि सहइन्चार्जहरु भने एक जनादेखि पाँच जनासम्म तोकिएको छ ।

कतै भने कुनै पनि सहइन्चार्ज तोकिएका छैनन् । नेकपा केन्द्रीय सदस्यहरुलाई जिल्लाका इन्चार्ज र सहइन्चार्जको जिम्मेवारी तोकिएसँगै प्रदेश १ मा सबैभन्दा धेरै सहइन्चार्ज सुनसरीमा तोकिएको छ ।

केन्द्रीय सदस्यहरुलाइ जिल्ला इन्चार्ज र सहइन्चार्ज आइतबार तोकिएकोमा सुनसरीमा सबैभन्दा धेरै पाँच इन्चार्जहरु तोकिएको छ ।

जगदीय कुसियैत, तैयब हुसेन, रामकुमारी चौधरी, महोमद महफुज अन्सारी र रामकुमारी चौधरीलाई सुनसरीको सहइन्चार्ज तोकिएको छ । इन्चार्जमा भने धर्म निरौला तोकिएका छन् । 

प्रदेश १ मा सुनसरीपछि सबैभन्दा धेरै चारजना सहइन्चार्ज भएको जिल्ला खोटाङ भएको छ । विशाल भट्टराई इन्चार्ज भएको खोटाङमा दुर्गा जयन्ती राई, राजन राई, रामकुमार राई र समिता कार्की सहइन्चार्ज भएका छन् । 

झापा र मोरङमा तीन/तीन जना सहइन्चार्ज भएका छन् । रविन कोइराला इन्चार्ज भएको झापामा तीन सहइन्चार्जहरुमा देवेन्द्र दाहाल, धर्मशिला चापागाई र हरिबहादुर राजवंशी तोकिएका छन् ।

घनेन्द्र बस्नेत इन्चार्ज भएको मोरङमा महेश रेग्मी, गोपीबहादुर सार्की अछामि र देउमान सम्बाहाम्फे सहइन्चार्ज भएका छन् । 

पाँचथर र तेह्रथुममा भने दुई/दुई जना सहइन्चार्ज भएका छन् । इन्द्र बहादुर आङ्बो इन्चार्ज भएको पाँचथरमा आइन्द्र सुन्दर नेम्बाङ र डम्बरसिंह सम्बाहाम्फे सहइन्चार्ज तोकिएका छन् । 
जयन्ती राई इन्चार्ज भएको तेह्रथुममा दुर्गाप्रसाद चापागाई र बिजय सुब्बा सहइन्चार्ज तोकिएका छन् । 

सोलुखुम्बु, संखुवासभा र भोजपुरमा भने एक/एक जना मात्रै सहइन्चार्ज तोकिएका छन् । शिवबहादुर बस्नेत इन्चार्ज तोकिएको सोलुखुम्बुमा हेमकुमार राई सहइन्चार्ज तोकिएका छन् ।

संखुवासभामा राजेन्द्रकुमार राइ इन्चार्ज र राजेन्द्र कार्की सहइन्चार्ज तोकिएकोमा भोजपुरमा भने सुधन किराँती इन्चार्ज र हरिबहादुर राइ सहइन्चार्ज तोकिएका छन् । 

ताप्लेजुङ, धनकुटा र ओखलढुंगामा भने इन्चार्ज मात्रै तोकिएका छन् जसमा क्रमशः भाष्कर काफ्ले, हेमराज भन्डारी र यज्ञराज सुनुवार इन्चार्ज छन् । 

इलाममा एकजना इन्चार्ज धिरेन्द्र शर्मा छन् सहइन्चार्ज छैनन् । उदयपुरमा इन्चार्ज बलदेव चौधरी र सहइन्चार्ज मन्जु कुमारी चौधरी रहेका छन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।