बिहीबार, वैशाख १३, २०८१
  • गृहपृष्ठ
  • समाज
  • वडा अध्यक्षले दिए आफ्नो वर्षभरीको तलब वृद्धवृद्धालाई

वडा अध्यक्षले दिए आफ्नो वर्षभरीको तलब वृद्धवृद्धालाई

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
धनगढी- कञ्चनपुरको भीमदत्त नगरपालिका–१ का वडा अध्यक्ष आसेफ कुँवर (भुन्टु) ले आफूले पाएको वर्षभरीको तलब वृद्धवृद्धा र अपाङ्गता भएका व्यक्तिलाई वितरण गरेका छन्।

मनकारी वडा अध्यक्ष कुँवरले तलब भत्ता वापत प्राप्त भएको रकम यस वर्ष पनि वृद्धवृद्धा र अपाङ्गता भएका व्यक्तिलाई वितरण गरेका हुन। 

निर्वाचित जनप्रतिनिधिहरु सेवा सुविधाभोगी र भ्रष्टाचारमा लिप्त रहेकोे आरोप लागिरहेका बेला वडा अध्यक्ष कुँवरले भने तलब भत्ता बापतको रकम गाँउका वृद्धवृद्धा र अपाङ्गता भएका व्यक्तिलाई वितरण गरेका हुन्। 

नेपाली कांग्रेसबाट निर्वाचित वडा अध्यक्ष कुँवरले आइतबार भिमदत्त नगरपालिका–१ का एक सय ६२ जना जेष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, दृष्टिबिहीन र विपन्न परिवारलाई वितरण गरेका हुन्।

तलब लिएर वडा कार्यालय पुगेका अध्यक्ष कुँवरले वृद्धवृद्धालाई एक हजार पाँच सय, अपाङ्गता भएका व्यक्तिलाई एक हजारका दरले रकम बाँडेका हुन्। 

स्थानीय तह निर्वाचनको बेला आफूले पाउने तलब वडाका वृद्धवृद्धा, अपाङ्गता भएका व्यक्ति र असहायलाई वितरण गर्ने घोषणा गरेका कुँवरले आफू कमाउनका लागि नभई जनताको सेवा गर्न आएको बताउँदै रकम वितरण गरेका हुन्। 

‘निर्वाचनका बेलामा मत माग्दै गर्दादेखि निर्वाचन जितिसकेपछि पनि पाँच वर्षसम्म सरकारी सुविधा नलिने बचन दिएको थिएँ,’ उनले भने, ‘आज त्यो पुरा गर्दै छु।’ 

जनताकै करबाट पाएको तलब जनताकै हातमा सहयोग स्वरुप दिएको उनले बताए। उनले तलब वापत पाएको दुई लाख ६२ हजार वितरण गरेका हुन्। 

गत वर्ष पनि उनले तलव, भत्ता वापतको सबै रकम वृद्धवृद्धा, अपाङ्गता भएका व्यक्तिलाई वितरण गरेका थिए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।