शुक्रबार, वैशाख १४, २०८१
  • गृहपृष्ठ
  • अर्थ
  • '५० स्टार्टअप– ५० लगानीकर्ता' कार्यक्रममा पुनः आवेदन खुला

'५० स्टार्टअप– ५० लगानीकर्ता' कार्यक्रममा पुनः आवेदन खुला

लगानीकर्ताहरूसँग आवद्ध हुन इच्छुक नवप्रवर्तनीय (स्टार्टअप) उद्यमीहरूका लागि लक्षित गरी महासंघले यो कार्यक्रम ल्याएको हो।
 |  बिहीबार, भदौ १०, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ १०, २०७८

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासंघले ५० स्टार्टअप–५० लगानीकर्ता कार्यक्रमका लागि पुनः आवेदन खुला गरेको छ। लगानीकर्ताहरूसँग आवद्ध हुन इच्छुक नवप्रवर्तनीय (स्टार्टअप) उद्यमीहरूका लागि लक्षित गरी महासंघले यो कार्यक्रम ल्याएको हो। 

triton college

कार्यक्रमका लागि वैशाख ४ गते अनलाइन आवेदन खुला गरिएको थियो। कोभिड महामारीका कारण बढीभन्दा बढी स्टार्टअप उद्यमीलाई समेट्न नसकिएकाले पुनः आवेदन लिने निर्णय भएको महासंघले जनाएको छ। 

कृषि, उत्पादनमूलक, सूचना/प्रविधि, सेवाका क्षेत्रमा आवेदन दिन सकिने छ। छनौट भएर आउने स्टार्टअपका आवेदनलाई महासंघको स्टार्टअप समितिले सहजीकरण गर्नेछ। 

नवप्रवर्तनीय वस्तु, सेवा वा प्लेटफर्मको परिवेश वा उपयोगमा सम्भाव्य व्यवसायिक मोडेलको स्थापना/स्तरोन्नति गर्ने प्रक्रियामा रहेका उद्यम वा व्यवसायहरूको लागि समेत आवेदन गरिएको महासंघले जनाएको छ। 

एक वर्षभन्दा बढी समय अघिदेखि संचालनमा आएका र कम्तीमा पनि एक वर्षको लेखा परीक्षण प्रतिवेदन भएका, कानुनी रुपमा दर्ता भएका व्यवसाय आवेदनका लागि योग्य हुनेछन्।

corrent noodles
Metro Mart

आवेदनका साथ कम्पनी दर्ता प्रमाणपत्रको प्रतिलिपि तथा कम्पनीको विधान (प्रबन्धपत्र, मेमोरेन्डम अफ एसोसिएसन, आर्टिकल अफ एसोसिएसन र सम्बन्धित अन्य रजिस्ट्रेसनहरू, प्यान/भ्याट दर्ता, कर चुक्ता प्रमाणपत्रहरू, कम्पनीको संचालक समितिको माइन्यूट, कम्पनीका प्रवर्द्धक/संस्थापकहरूको बायोडाटा)लगायतका दस्तावेजहरू संलग्न हुनुपर्ने महासंघले जनाएको छ। महासंघको वेबसाइटबाट पनि आवेदन दिन सकिने छ।

प्रकाशित: Aug 26, 2021| 19:00 बिहीबार, भदौ १०, २०७८
प्रतिक्रिया दिनुहोस्