बिहीबार, वैशाख १३, २०८१

संगठन विभागमा म हुने कुरा पक्का छ : वामदेव गौतम

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं- सत्तारुढ नेकपाले सबै जिल्ला इन्चार्ज र सहइन्चार्जहरुको टुंगो लगाएको छ।

बालुवाटारमा आइतबार बसेको सचिवालय बैठकले ७७ वटै जिल्लाका इन्चार्ज र सहइन्चार्जको टुंगो लगाएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।

बैठकले जिल्लाकै हैसियत दिएका ६ वटा महानगरपालिकाको पनि इन्चार्ज र सहइन्चार्जको टुंगो लगाएको प्रवक्ता श्रेष्ठले बताए।

बैठकले विभागको टुंगो लगाउने भनिए पनि विभागबारे छलफल नै नभएको प्रवक्ता श्रेष्ठको भनाई छ।

उनका अनुसार मंगलबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्ने सचिवालय बैठकले विभागको नेतृत्वबारे टुंगो लगाउनेछ।

यसैबीच सचिवालय सदस्य वामदेव गौतमले पार्टीको संगठन विभाग प्रमुख आफू नै हुने दाबी गरेका छन्।

बैठकपछि बालुवाटारमा पत्रकारहरुको प्रश्नको जवाफ दिँदै गौतमले भने, ‘विभागको टुंगो पर्सि लाग्छ, संगठन विभागमा म हुने कुरा पक्का छ।’

गौतमका अनुसार जिल्लाको इन्चार्ज र सहइन्चार्जमा तत्कालीन एमाले र माओवादीका इन्चार्जहरुलाई भागवण्डाका आधारमा जिम्मेवारी दिइएको छ।

बैठकले इन्चार्ज र सहइन्चार्ज यसअघि नै तय भएको मापदण्डका आधारमा तोकेको छ।

जिल्ला नेतृत्व तय गर्दा पूर्व माओवादी अध्यक्ष भए पूर्व एमालाई सचिव र पूर्व माओवादी इन्चार्ज भएको खण्डमा पूर्वएमाले सहइन्चार्ज रहने मापदण्ड तय गरेको थियो।

यही मापदण्डका आधारमा इन्चार्ज र सह-इन्चार्ज तोकेको एक नेताले बताए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।