शुक्रबार, वैशाख ७, २०८१

साझाले थप्यो सात केन्द्रीय सदस्य

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौ- साझा पार्टीले केन्द्रीय समितिमा सात सदस्य थप गरेको छ। 

पार्टीको केन्द्रीय कार्यालय, बखुण्डोलमा आइतबार बसेको केन्द्रीय समिति बैठकले उक्त निर्णय गरेको हो। 

नयाँ थपिएका सदस्यमा कीर्ति तुलाधर, सुमित्रासिंह लामा, नारायण कोइराला, विकल शेरचन, रोहित थापा, भीमप्रसाद अधिकारी र विकु लामा छन्।

तुलाधर नेपाल जेसिसमा राष्ट्रिय अध्यक्ष बनेका तीन महिलामध्येकी एक हुन्। 

लामा समाजसेवी हुन् भने कोइराला तत्कालीन उच्च माध्यमिक शिक्षा परिषद्का सदस्य सचिव।

यस्तै शेरचन नेपाल जेसिसका पूर्व अध्यक्ष, थापा पूर्व अतिरिक्त प्रहरी महानिरीक्षक र अधिकारी समाजसेवी हुन्। बिकु लामा भने व्यवसायी तथा साहित्यकार हुन्। 

साझा पार्टीले देशैभरिबाट उल्लेख्य संख्यामा महिला र युवालाई पनि पार्टी केन्द्रीय समितिमा छिट्टै सामेल गर्ने जनाएको छ।

पार्टीका संयोजक रवीन्द्र मिश्र भन्छन्, ’विविध क्षेत्रमा उपलब्धि हासिल गरेका फरक पृष्ठभूमिका नेपाली साझा पार्टी निर्माणमा संलग्न हुनुले आमनागरिकमा पार्टीप्रतिको आशा र विश्वासलाई पुनस् पुष्टि गरेको छ।’
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।