बिहीबार, वैशाख १३, २०८१
  • गृहपृष्ठ
  • समाज
  • खुमलटार र बालुवाटारमा छुट्टाछुट्टै भेला : स्कुल विभाग तानातान

खुमलटार र बालुवाटारमा छुट्टाछुट्टै भेला : स्कुल विभाग तानातान

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं- प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बिहानैदेखि नेकपाको सचिवालयमा रहेका पूर्व एमाले नेताहरुको बैठक बस्यो।

जसमा प्रधानमन्त्री केपी शर्मा ओली पार्टीका परिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम, ईश्वर पोखरेल र विष्णु पौडेल सहभागी थिए।

ठिक त्यही बेला नेकपा अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास खुमलटारमा अर्को बैठक चल्यो। जसमा सचिवालय सदस्यहरु रामबहादुर थापा बादल, नारायणकाजी श्रेष्ठ सहभागी थिए।

दुवै बैठकले पार्टी स्कुल विभागमा दाबी नछोड्ने अठोट गरेका छन् ।

स्कुल विभाग किन बन्यो आकर्षणको केन्द्र ?

नेकपाभित्र संगठन विभाग र विदेश विभाग महत्पूर्ण मानिन्छन् । तर यस बेला आएर स्कूल विभागसमेत थपिएको छ।

पूर्व एमाले र माओवादी दुवैले यसलाई प्रतिष्ठाको बिषय बनाएका छन् । विभाग प्रमुखमा पूर्व एमालेको तर्फबाट उप प्रधान तथा रक्षा मन्त्री इश्वर पोखरेलले दाबी गरेका छन् । 

यसमा पूर्व एमाले नेताहरुको पुरै सहमति छ। पार्टीको नौ सदस्यीय सचिवालयमा पूर्व एमालेका ६ र माओवादीको तीन जना छन् ।

तर सचिवालयमा मतदानको स्थिति आए पार्टीको एकीकरण खतरामा पर्ने चिन्ता नेता तथा कार्यकर्ताहरुमा छ । 

यसकारण यो संख्या निर्णायक त हुने छैन। यसले आफू अनुकुल निर्णय गराउन भने महत्व राख्छ। एकीकरण हुनु अघिसम्म पूर्व माओवादीले माओवाद मान्थ्यो भने एमालेले जनताको बहुदलीय जनावाद । 

एकीकरणका क्रममा दुवैले आ-आफ्नो लाइन छोडेर जनताको जनवादमा सहमति गरेका थिए। तर केही समयदेखि नेकपाभित्र जनताको बहुदलीय जनवादका पक्षमा एक किसिमको बहस नै चल्यो।

त्यसको नेतृत्व पनि अहिले पार्टी स्कुल दाबी गरेका पोखरलले गरेका थिए।

उनले बहुदलीय जनवाद नै पार्टीको लाइन हुनुपर्नेमा जोड दिएका थिए। तर पूर्व माओवादीका नेताहरुले त्यसको प्रतिवाद गरेका थिए।

उनीहरुले बहुदलीय जनवाद पार्टीको बैचारिक लाइन हुनै नसक्ने भन्दै खण्डन गरेका थिए। 

अहिले छापिएको दस्तावेजमा पनि दुवै विचारलाई समावेश गरिएको छैन। तिनका ठाउँमा जनताको जनवाद उल्लेख गरिएको छ। अहिले पूर्व माओवादीले स्कुल विभाग पूर्व एमालेलाई दिन नमान्नुको अर्थ बहुदलीय जनवादको डर हो।

त्यसमाथि सचिवालय सदस्य रहेका र बहुदलीय जनवादको खुला बहस गरेर हिँडेका पोखरेललाई दिँदा माओवादी एमालेमा विलय भएको आरोप आउने भय देखिएको छ।

त्यसो त पार्टीको चुनाव चिह्न सूर्य र झण्डाका विषयलाई लिएर माओवादी एमालेमा विलय भएको आरोप नलागेको हाेइन। दुवै पक्षले आआफ्नो वैचारिक लाइन तलसम्म लाने भएकोले अहिले स्कुल विभाग तानातानमा परेको हो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।