एजेन्सी- आइसिसी एकदिवसीय विश्वकप क्रिकेट २०१९ को सेमिफाइनबाट भारतीय क्रिकेट टोम बाहिरिएसँगै धेरै जसोको मनमा एउटै प्रश्न थियो, पूर्व कप्तान महेन्द्र सिंह धोनीको सन्यास । धेरैलाई अझै अन्यौल छ की धोनीले अन्तर्राष्ट्रिय क्रिकेट खेल्दै छन् या सन्यास लिए ।
उनील वेस्टइनिडजविरुद्धको टेस्ट, एकदिवसीय र टि-२० सिरिजमा नरहे पनि सन्यासको आधिकारीक धारण भने अहिलेसम्म बाहिरिएको छैन् । तर, उनको पूर्व प्रशिक्षक केशव बनर्जीले धोनी अझै पनि अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि फटि रहेको बताएका छन् ।
‘यदी भारतीय क्रिकेट टोलीले धोनीको ब्याटिङबाट सर्वश्रेष्ठ स्कोर चाहन्छ भने उनको कार्यभारलाई ध्यानमा राख्न जरुरी छ ।’ धोनीको बचाउँ गर्दै बनर्जीले भने, ‘धोनीले स्वयम आफुलाई दुई महिना आरामका लागि वेस्टइन्डिज टुरबाट बाहिर राखेका हुन् । धोनीमा अझै क्रिकेट बचेको छ । मलाई थाहा छ की उनी अझै पनि अन्तर्राष्ट्रिय क्रिकेट खेल्नका लागि फिट छन् ।’
भारतीय टोली विश्वकपबाट बाहिरिएसँगै धोनीको सन्यासलाई लिएर धेरै चर्चा समेत भइरहेका छन् । ‘मलाई लाग्छ छनोटकर्ताले धोनीसँग वार्ता गर्नु पर्छ । किनकी म धानीलाई बाल्यकाल देखी जान्द छु । मलाई पनि थाहा छैन धोनीले कहिले सन्यास लिन्छ । तर, यस समय उनी फिट लाग्दै छन् र आफ्नो खेलको आनन्द लिँदै छन् ।’
बनर्जीले रिषभ पन्तलाई विकेटकीपिङमा मार्गदर्शन गर्नका लागि समेत टोलीमा धोनीका अनवश्यकता पर्ने बताए । ‘बिसिसिआईले के गर्छ त्यो थाहा छैन । तर, धोनी टी-२० विश्वकप खेल्न चाहन्छन् । उनले सबै सिरिज खेल्नु पर्ने भन्ने जरुरी छैन् । त्यसैले उनको स्थानमा पंतले लिन सक्छन् ।’
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४