शुक्रबार, मंसिर २७, २०७६
बाजुरा- नेत्रविक्रम चन्द ‘विप्लव’ समुहका केन्द्रीय सदस्य सहित १६ जना कार्यकर्ता बाजुरामा पक्राउ परेका छन्।
प्रहरीले रोल्पा गंगादेव गाउँपालिका–३ जिनावाङ घर भएका विप्लवका केन्द्रीय सदस्य चुडामणि ओलीसहित १६ जनालाई शुक्रबार पक्राउ गरेको हो।
गाउँमा चन्दा संकलन तथा संगठन विस्तार गरिरहेको गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय घटमुनाको टोली पक्राउ गरेको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक उद्धवसिंह भाटले जानकारी दिए।
उनीहरुलाई जिल्लाको गौमुल गाउँपालिका–३ माझपालीबाट शुक्रबार दिउँसो इलाका प्रहरी कार्यालय घटमुनाको टोलीले पक्राउ हो।
पक्राउ पर्नेमा बाजुरा त्रिबेणी नगरपालिका–२ छतारा बस्ने वर्ष ३५ को डम्म सुनार,अछाम जिल्लाको ढकारी गाउँपालिका–२ बस्ने वर्ष २४ को नरेश शाही, कैलाली घोडाघोडी नगरपालिका–१ बस्ने वर्ष २८ को दिपक प्रकाश सुनार छन्।
यस्तै बाजुराको हिमाली गाउँपालिका–१ बस्ने वर्ष २२ को अमलाल थापा, सोही ठाउँका बस्ने वर्ष २२ को धर्म बहादुर थापा, अछाम बिनायक नगरपालिका–८ बस्ने बर्ष २२ को उदय कसेरा पक्राउ परेका छन्।
यस्तै अछामको ढकारी गाउँपालिका–२ बस्ने बर्ष २६ को राजेश कुमार शाही, सोही गाउँपालिका–७ बस्ने बर्ष २१ को डबल बहादुर नेपाली, तुर्माखाद गाउँपालिका–८ बस्ने वर्ष १९ को कृष्ण बिक पक्राउ परेका छन्।
बाजुरा हिमाली हिमाली गाउँपालिका–१ बस्ने वर्ष २६ को धरम सिंह बोहरा, स्वामीकार्तिक गाउँपालिका–१ बस्ने वर्ष १९ की कुस्मा बिक, सोही गाउँपालिका– १ बस्ने वर्ष १९ की अस्मिता बिक तथा सोही ठाउँ बस्ने वर्ष १९ की सुस्मिता विक रहेको प्रहरीले जनाएको छ।
त्यस्तै प्रहरीले अछाम ढकारी गाउँपालिका–२ बस्ने वर्ष १९ की कमला बिक र बझाङ मष्टा गाउँपालिका–१ बस्ने १९ की सृष्टी सिंहलाई पक्राउ गरेको छ।
उनीहरु बारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।