एजेन्सी- प्रिमियर लिग एसिया ट्रफीमा न्युकास्टल तेस्रो भएको छ । शनिबार दिउँसो भएको खेलमा वेस्टहामलाई १-० गोलले पराजित गर्दै न्युकास्टल तेस्रो भएको हो । न्युकास्टलको उपाधिका लागि खेलको एक मात्र निर्णायक गोल युशिनोरी मुटोले गोल गरे ।
उनले खेलको ३४ औं मिनेटमा गोल गर्दै न्युकास्टललाई उपाधि दिलाए । निकै नै रोमाञ्चक बनेको खेलको दोस्रो हाफमा बुदै टोलीले गोल गर्न सकेनन् । फाइनल भने वोल्भस् र म्यानचेस्टर सिटीबीच हुने छ ।
प्रिमियर लिग एसिया ट्रफीमा तीन प्रिमियर लिग खेल्ने र एक प्रतियोगिता आयोजना हुने स्थानको लोकल टोलीले प्रतिस्पर्धा गर्ने गर्द छ । यस सिजनको यो १२ औं संसकरणको प्रिमियर लिग एसिया ट्रफी चाइनामा भएको हो । यस प्रतियोगितालाई प्रि- सिजनको रुपमा खेल्ने गरिन्छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४