शुक्रबार, वैशाख १४, २०८१

महिलाको यौन उत्तेजक औषधि : चर्चा चौतर्फी

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं- अमेरिकामा सार्वजनिक स्वाथ्य तथा खाद्यका विषयमा नियमन गर्ने एक संस्था खाद्य तथा औषध प्रशासन (एफडीए)ले गत जून २१ मा एउटा नयाँ औषधीलाई प्रयोग गर्न अनुमति दिएको छ। 

यो नयाँ औषधीको सेवनबाट महिलाहरुले आफ्नो यौन इच्छा बढाउन सक्ने बताइएको छ। खासमा यो औषधी ती महिलाहरुको उपचार गर्न विकसित गरिएको हो जो नियमित महिनावारी भए पनि ‘हाइपो–एक्टिभ सेक्शुअल डिजायर डिसअर्डर’ (एचएसडीडी अथवा महिलाहरुलाई यौनमा रुची कम हुने) रोगबाट पीडित छन्।

चिकित्सकीय भाषामा एचएसडीडीको अवस्था त्यो बेला आउँछ जब यौन सम्पर्कबारे नियमित रुपमा कम इच्छा आउँछ। एक अनुमानका अनुसार आमा बन्न सक्षम महिलाहरुमध्ये ६ देखि १० प्रतिशत महिला यो रोगबाट पीडित छन्।

यो नयाँ औषधीको नाम हो –ब्रेमेलानोटाइड। तर, व्यवसायिक रुपमा यसको नाम भायलेसीबाट उपलब्ध हुनेछ। यो औषधीलाई अनुमति दिएको दोस्रो पटक हो। यसबाट फर्मास्यूटिकल इन्डस्ट्रीहरु ‘फिमेल भियाग्रा’ को बिक्रीलाई लिएर उत्साहित भएका छन्। 

तर यो औषधीलाई एफडीएले अनुमति दिएपछि विवाद उत्पन्न भएको छ। के भायलेसी प्रभावकारी छ ? वा यसको प्रयोगबाट स्वाथ्यमा असर पो पर्छ कि ? यस्ता प्रश्नहरु उठेका छन्। 

भायलेसीलाई पोलाटिन टेक्नोलोजीले विकसित गरेको हो र यसको विक्री अनुमति पत्र एम्याग फर्मास्यूटिकल्ससँग छ। यसलाई आफैले प्रयोग गर्न सकिने इन्जेक्शनका रुपमा विकसित गरिएको छ। यस इन्जेक्शनबारे चिन्तित र आत्तिने समस्या कम गर्ने दावी गरिन्छ। र दुई न्यूरोट्रान्समीटरका रुपमा नियन्त्रण गरेर यौन इच्छा राम्रो बनाउने बताइन्छ।

यस नयाँ औषधीले बजारमा हाल मौजुद रहेको अडयाई औषधीसँग प्रतिस्पर्धा गर्नुपर्नेछ। स्प्राउट फर्मास्यूटिकल्सले उत्पादन गर्ने अडयाई औषधी चक्कीका रुपमा उपलब्ध छ। यसलाई एफडीएले २०१५ मा उपयोगका लागि अनुमति दिएको थियो। त्यो बेला पनि यो औषधीलाई अनुमति दिँदा विवाद भएको थियो। कतिपय विशेषज्ञहरुले अडयाई सामान्य प्रभावी र असुरक्षित भएको बताएका थिए।

वायलेसीका निर्माताहरुले यो औषधीको उपयोग गर्दा रोगीहरुले अल्कोहल छोड्नु नपर्ने बताएका छन्। अडयाईका उपयोगकर्ताहरुले भने अल्कोहल छोड्नुपर्ने बताइन्छ। यतिमात्र होइन भायलेसी निर्माताहरुले यो औषधीको साइड इफेक्ट पनि कम हुने दावी गरेका छन् र तिब्ररुपमा प्रभावी हुने बताएका छन्। तर, यसका लागि दैनिक इन्जेक्शन लिनु नपर्ने बताइन्छ। 

२०१६ मा गरिएको एक अध्ययनका अनुसार अमेरिकामा प्रत्येक १० महिलाहरु मध्ये १ महिला एचएसडीडीको चपेटामा छन्। तर, धेरैजसो महिला यसको उपचार गर्दैनन्। एम्याग फर्मास्यूटिकल्सका कार्यकारी निर्देशक विलियम हेडेनले भने, ‘समस्या झेलिरहेका अधिकांश महिलाहरु चुप रहन्छन्, यस्तो अवस्थामा यस्त उत्पादनहरुको खासमा बजार छैन।’

तर, बजार विश्लेषकहरुले भने भायलेसीको वार्षिक कारोबार एक अर्ब डलरसम्म हुन सक्छ। एम्याग फर्मास्यूटिकल्सले भायलेसीको परीक्षण गर्दा ४० प्रतिशत मानिसहरुमा आत्तिने समस्या देखिएको बताएको छ। यस्तै केहीलाई गर्मी भएको र टाउको दुःखेको पनि समस्या देखिएको थियो। यो औषधी २४ हप्तासम्म परीक्षण गरिएको थियो। बीबीसी
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्