शुक्रबार, वैशाख ७, २०८१
  • गृहपृष्ठ
  • समाज
  • महाकालीमा बेपत्ता भएका जयसिंह धामीको परिवारलाई १० लाख उपलब्ध गराउने सरकारको निर्णय

महाकालीमा बेपत्ता भएका जयसिंह धामीको परिवारलाई १० लाख उपलब्ध गराउने सरकारको निर्णय

महाकाली नदीमाथिको तुइन तर्ने क्रममा बेपत्ता भएका जयसिंह धामीको परिवारलाई १० लाख रुपैयाँ सहयोग उपलब्ध गराउने निर्णय गरेको छ।
 |  बिहीबार, भदौ १०, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ १०, २०७८

काठमाडौं- महाकाली नदीमाथिको तुइन तर्ने क्रममा बेपत्ता भएका जयसिंह धामीको परिवारलाई १० लाख रुपैयाँ सहयोग उपलब्ध गराउने निर्णय गरेको छ। 

triton college

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले दार्चुला जिल्ला व्यास गाउँपालिका-२ का धामीको परिवारलाई सहयोग उपलब्ध गराउने निर्णय भएको सरकारका प्रवक्ता समेत रहेका कानुन, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्र कार्कीले जानकारी दिए। 

महाकालीबाट तुइन तरेर भारतको गस्कु जाने क्रममा एसएसबीले लठ्ठा काटिदिएपछि ३३ वर्षीय धामी साउन १५ गते बेपत्ता भएका थिए। उक्त घटनाको अध्ययनका लागि सरकारले साउन १७ गते गृह मन्त्रालयका सहसचिव जनार्दन गौतमको संयोजकत्वमा ५ सदस्यीय छानबिन समिति बनाएको थियो। समिति भारत र नेपाल सुदूरपश्चिमका विभिन्न जिल्लामा अध्ययन गरी राजधानी फर्किएको छ। तर समितिले प्रतिवेदन भने बुझाएको छैन।

यस्तै मन्त्रिपरिषदले अतिकम विकसित राष्ट्रहरूको उच्चस्तरीय एसिया प्रशान्त क्षेत्रको पुनरवलोकन बैठकमा भर्चुअल रूपमा सहभागी हुनका लागि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा विश्वनाथ पौडेललाई मनोनयन गर्ने निर्णयसमेत गरेको छ। 

यसैगरी, नेपाल कानुन आयोगको अध्यक्षका लागि पूर्व मुख्यन्यायाधीश जागेश्वर सुवेदीलाई नियुक्त गर्ने निर्णयसमेत गरेको छ। राष्ट्रिय योजना आयोगका सदस्यमा पुष्परमण वाग्ले र सोधनीप्रधान सिंहलाई नियुक्त गर्ने निर्णयसमेत भएको छ। आयोग अध्यक्षमा यसअघि नै डा विश्वनाथ पौडेल नियुक्त भइसकेका छन्। 

corrent noodles
Metro Mart

प्रकाशित: Aug 26, 2021| 18:02 बिहीबार, भदौ १०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।