काठमाडौं - महोत्तरीको भप्सी खोलामा बाढी आएपछि पुन: पूर्व–पश्चिम राजमार्ग अवरुद्ध भएको छ। बाढीले केही दिन अघि पक्की पुल बगाएपछि भप्सी खोलामा बनाइएको अस्थायी डाइभर्सनमा गाडी चल्न सकेका छैनन्।
राति खोलामा एक्कासी पानीको वहाव बढेपछि यातायातका साधन चल्न सकेका छेनन्। यातायात सञ्चालन हुन नसक्दा गन्तव्यमा हिँडेका यात्रु बीच बाटोमै अलपत्र परेका छन्। प्रहरीले पानी परिरहेकाले राजमार्ग खुलाउनका लागि अझै केही समय लाग्ने र पानीको बहाव घटेपछि मात्रै गाडी चलाउन दिने जनाएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४