काठमाडौं - काठमाडौं केशर महल नजिक सवारी दुर्घटनामा एक जनाको ज्यान गएको छ।
ना ३ ख ७५६१ नम्बरको रोकिराखेको टिप्परमा बा ९२ प ६५ ६५ नम्बरको स्कुटर ठोक्किँदा स्कुटर चालकको मृत्यु भएको हो। घटनामा परी मृत्यु हुनेमा बुढानीलकण्ठका ३५ वर्षीय सञ्जय ठकुरी रहेका छन्। स्कुटरमा सवार विशाल लुइँटेल घाइते भएका छन्। उनको ट्रमा सेन्टरमा उपचार भैरहेको प्रहरीले जानकारी दिएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४