एजेन्सी - इंग्लिस प्रिमियर लिग क्लब लिभरपुल प्रि सिजन अघिको क्लब मैत्रीपुर्ण खेलमा पराजित भएको छ । शनिबार बिहान भएको खेलमा जर्मन क्लब बोरुसिया डर्टमन्डसँग ३-२ ले पराजित भएको हो ।
निकै नै प्रतिस्पर्धात्मक बनेको खेलमा डर्टमन्डको जितका लागि पाको अल्कासेर, थोमस डिलाने र जाकव ब्रन लार्सेनले एक एक गोल गरे । लिभरपुलका लागि ह्यारी विल्सन र रिहान ब्रिस्टरले एक एक गाल फर्काए ।
पहिलो हाफ १-१ को बराबरी भएको खेलको तेस्रो मिनेटमा नै डर्टमन्डका पाको अल्कासेरले गोल गर्दै अग्रता दिलाए । ३५ औं मिनेटमा लिभरपुलका ह्यारी विल्सनले गोल गर्दै खेल बरारबीमा ल्याए ।
तर, ५३ औं मिनेटमा थोमस डिलाने र ५८ औं मिनेटमा जाकव ब्रनले गोल गर्दै खेल ३-१ को स्थितिमा पुर्याए । ७५ औं मिनेटमा लिभरपुलका रिहान ब्रिस्टरले पेनाल्टीका गोल गर्दै खेलमा फर्किने प्रयास गरे पनि थप गोल गर्द नसक्दा लिभरपुल ३-२ ले पारजति भएको हो ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४