बुधबार, वैशाख १२, २०८१
  • गृहपृष्ठ
  • समाज
  • पेट्रोलियम पाइपलाइन परीक्षण सम्पन्‍न, वार्षिक २ अर्ब बचत हुने

पेट्रोलियम पाइपलाइन परीक्षण सम्पन्‍न, वार्षिक २ अर्ब बचत हुने

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
वीरगंज - इन्धन आयातको लागि निर्मित पहिलो पाइपलाइन साउन अन्तिम साताबाट औपचारिकरुपमा संचालनमा आउने भएको छ। भारतको मोतिहारीदेखि सीमावर्ती रक्सौल हुँदै बाराको अमलेखगंजसम्म जोडिएको पेट्रोलियम पाइपलाइन साउन ३० गतेदेखि नियमित सञ्चालनमा ल्याउन लागेको हो।

दक्षिण एसियाको पहिलो अन्तरदेशीय पाइपलाइनको औपचारिक उद्घाटन प्रधानमन्त्री केपी ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्तरुपमा गर्ने तयारी रहेको नेपाल आयल निगमले जानकारी दिएको छ।

पाइपलाइन निर्माण परियोजना प्रमुख क्षेत्रीय प्रबन्धक प्रदिप यादवले गत सोमबार पानी प्रवाह गरेर पाइप चुहिए/नचुहिएको परिक्षण गर्दा चुहावट नदेखिएकोले पाइपलाइन जडान सुरक्षित रहेको प्रमाणित भएको बताए । उनले भने, 'अब पहिलो चरणमा डिजल ल्याउँदैछौं । थप पूर्वाधार निर्माण गर्न समय लाग्ने भएकोले पेट्रोल र मट्टीतेल अर्को वर्ष मात्र आउनेछ।'

आयोजना प्रमुख यादवले प्रतिघण्टा १ लाख ७० हजार लिटर डिजल पाइपलाइनबाट ल्याउने क्षमताको पाइप र उपकरण जडान गरिएको जानकारी दिए। उनले पहिलो चरणमा ८ घण्टा पाइपलाइन सञ्चालनमा आउँदा दैनिक १३ लाख ६० हजार लिटर डिजल पाइपलाइनबाट आयात गरेर अमलेखगंजस्थित डिपोमा सुरक्षितरुपमा भण्डार गर्न सकिने बताए।

पाइपलाइनबाट इन्धन आयात गर्दा मोतिहारीदेखि अमलेखगंजसम्मको ढुवानी लागत प्रति लिटर एक रुपैयाँको दरले कटौती भएर वार्षिक २ अर्ब रुपैयाँ बचत हुने आयल निगम व्यवस्थापनको दाबी छ ।

भारतीय आयल निगमको ३ अर्ब २० करोड रुपैयाँ र नेपाल आयल निगमको ७५ करोड रुपैयाँ लागतमा ६१ किलोमिटर लामो पाइपलाइन निर्माण गरिएको हो। पेट्रोलियम पाइप लाइनलाई प्रदेश २ को अमलेखगंजबाट प्रदेश ३ को चितवनसम्म विस्तार गर्ने संभाव्यता अध्ययनको कार्य सम्पन्न भइसकेको छ। साथै बाराको निजगढदेखि ललितपुर जोड्ने फास्ट ट्रयाक सडक निर्माण पछि यो सडक मार्ग छेउछाउ हुँदै पाइपलाइन काठमाडौंसम्म नै विस्तार गर्ने विषयमा पनि नेपाल आयल निगमले विकल्पबारे छलफल गरिरहेको छ ।

परियोजना सम्पन्न हुन तीन महिना ढिलो

यो आयोजना निर्माण कार्य सम्पन्न भएर गत चैतबाट नै संचालनमा ल्याउने योजना रहेको थियो । पर्सा राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र त्रिभूवन राजपथ छेउको ९ किलोमिटर लम्बाईमा निकुञ्जको रुख काटेर पाइपलाइन ओछ्याउन मन्त्री परिषदबाट ढिलो गरी स्वीकृति आएकोले परियोजना तीन महिना धकेलिएको हो ।

नेपाल–भारतबीच २०७२ भदौ ७ गते नेपाल भारत पहिलो अन्तरदेशीय पाइपलाइन निर्माण सम्बन्धमा मन्त्रिस्तरीय सम्झौता भएको थियो । तर यसको शिलान्यास २०७४ चैत २४ गते दुई देशका प्रधानमन्त्रीले संयुक्तरूपमा गरेका थिए। 

भारतबाट आयात गरिनेमध्ये बिहारको बरौनीस्थित भारतीय आयल निगमको इन्धन टर्मिनलबाट सडक मार्ग हुँदै ६० प्रतिशत इन्धन अमलेखगंजमा भित्रिने गरेको थियो । वीरगंजदेखि बरौनीको दूरी २४२ किलोमिटर छ । अब जम्मा ६१ किलोमिटरको दूरीमा रहेको मोतियारीस्थित नयाँ टर्मिनलबाट पाइपलाइन मार्फत् इन्धन आयात हुनेछ।

भारत–बंगलादेश पाइप लाइन निर्माणाधीन

दक्षिण एसियाली मुलुकमा जल विद्युत र पेट्रोलियम इन्धनको व्यापारलाई तिव्रता दिनको लागी भारतले संभव भएसम्मका छिमेकी मुलुकमा पाइपलाइन र विद्युत प्रशारण लाइन निर्माण कार्यलाई प्राथमिकता दिएको छ ।
        
छिमेकी राष्ट्र चीनले एसियाली मुलुकहरुमा पाइपलाइन निर्माण कार्यलाई प्राथमिकता दिएसँगै भारतले पनि रणनीतिक महत्वका मुलुकमा अन्तरदेशीय पाइप लाइन, विद्युत प्रशारण लाइन र रेलमार्ग निर्माणलाई प्राथमिकता दिएको हो ।
      
बंगलादेश र भारतबीचको १३० किलोमिटर लामो पाइप लाइनको गत असोजमा दुई देशका प्रधानमन्त्रीले शिलान्यास गरेका थिए । भारतको पश्चिम बंगालमा अवस्थित सिलिगुढीदेखि बंगलादेशको पार्वतीपुरसम्म जोड्ने गरी भारतीय अनुदानमा पाइप लाइन निर्माण भइरहेको छ । वार्षिक १० लाख मेट्रिक टन इन्धन आपूर्ती क्षमताको निर्माणाधीन पाइपलाइनबाट पहिलो चरणमा दुई लाख ५० हजार मेट्रिक टन डिजल आपूर्ती गरिने भारतीय संचारमाध्यमले उल्लेख गरेका छन् ।

 यो बाहेक बंगालकै धमरादेखि बंगलादेशसम्म खाना पकाउने ग्याँस आपूर्तीको लागि पनि पाइपलाइन निर्माणको योजना छ । भारतले बंगलादेश हुँदै अर्को दक्षिण एसियाली मुलुक म्यान्मारसम्म खाना पकाउने ग्याँसको कच्चा पदार्थ (एलएनजी) निर्यात गर्ने योजना बनाएको छ । म्यान्मारले अहिले चीन र थाइल्याण्डबाट पाइपलाइनमार्फत् इन्धन आयात गरिरहेको छ ।

भारत सरकारले अन्तरदेशीय र भारतभित्रै पनि इन्धन पाइप लाइन निर्माण कार्यको लागि यसवर्ष ७० हजार करोड भारतीय रुपैयाँ लगानी गर्ने घोषणा गरिसकेको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।