एजेन्सी-अफ्रिका कप अफ नेसन्सको उपाधि अल्जेरियाले जितेको छ । शुक्रबार राति भएको फाइनल खेलमा सेनेगललाई १-० गोलले पराजति गर्दै अल्जेरियाले उपाधि जितेको हो ।
यससँगै अल्जेरियाले दोस्रो पटक अफ्रिका कप अफ नेसन्सको उपाधि जितेको छ । यसअघि सन् १९९० मा पहिलो उपाधि उचालेको अल्जेरिया दोस्रो पटक च्याम्पियन बन्न सफल भएको हो ।
खेलको पहिलो हाफमा अल्जेरियाले १-० को अग्रता लिएको थियो । दोस्रो हाफमा दुबै टोलीबाट कुनै गोल हुन नसक्दा उपाधि अल्जेरियाले जितेको हो। खेलको दोस्रो मिनेटमा अल्जेरियाका बगदाद बौनेदजाहले गोल गर्दै अल्जेरियाको जित दिलाए ।
सेनेगलले अहिलेसम्म प्रतियोगिताको उपाधि जितेको छैन । पहिलो पटक देशलाई उपाधि जिताउने लक्ष्यमा रहेका लिभरपुलका मिडफिल्डर साडियो माने भने यसपटक असफल रहे ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४