शनिबार, वैशाख ८, २०८१
  • गृहपृष्ठ
  • अर्थ
  • राष्ट्र बैंक तथ्यांक भन्छ : बजेटको हाराहारीमा व्यापारघाटा, महंगी बढ्यो

राष्ट्र बैंक तथ्यांक भन्छ : बजेटको हाराहारीमा व्यापारघाटा, महंगी बढ्यो

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं- गत आर्थिक वर्षको एघार महिनामा व्यापार घाटा बजेट नजिक पुगेको छ। आर्थिक वर्ष २०७५/७६ को बजेटघाटा १७.२ प्रतिशतले बढेर १२ खर्ब ११ अर्ब ९६ करोड रुपैँया पुगेको छ।

निर्यातको तुलनामा आयातमा वृद्धि भएपछि व्यापारघाटाले उचाइ छोएको हो। गत आर्थिक वर्षको लागि सरकारले १३ खर्ब १५ अर्ब रुपैँयाको बजेट छुट्याएको थियो। अब एक महिनाको मात्र डाटा आउन बाँकी छ। एक महिनाको डाटामा बजेट बराबरको व्यापारघाटा हुने अनुमान राष्ट्र बैंकले गरेको छ।

गत आर्थिक वर्षको एघार महिनामा निर्यात १८.७ प्रतिशतले वृद्धि भएर ८७ अर्ब ८३ करोड पुगेको छ। भने आयात १७.३ प्रतिशतले बढेर १२ खर्ब ९९ अर्ब ८० करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा निर्यात १० प्रतिशतले वृद्धि भएको थियो भने आयात २३.६ प्रतिशतले बढेको थियो।

त्यस्तैगरी गत आर्थिक वर्षको एघार महिनामा मुल्यवृद्धि बढेर ६.२ प्रतिशत पुगेको छ। सरकारले गत आर्थिक वर्षको लागि ६.५ मुल्यवृद्धिको लक्ष्य राखेपनि मौद्रिक नीतिको अर्धवार्षिक समिक्षा मार्फत मुल्यवृद्धिको लक्ष्यलाई ५.५ प्रतिशतमा झारेको थियो। गत वर्ष सोही अबधिमा यस्तो मुल्यवृद्धि ४.१ प्रतिशत रहेको थियो।

राजस्व भन्दा बढी रेमिट्यान्स 

नेपाल राष्ट्र बैंकले शुक्रबार प्रकाशित गरेको नेपालको देशको आर्थिक तथा वित्तिय अवस्था अनुसार नेपालमा आउने रेमिट्यान्स १७.५ प्रतिशतले वृद्धि भएर ७ खर्ब ९९ अर्ब २ करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा रेमिट्यान्स  ७.३ प्रतिशतले बढेको थियो। सरकारले गत आर्थिक वर्षमा जम्मा ७ खर्ब २२ अर्ब मात्र राजस्व उठाएको थियो।

विदेश जानेको संख्यामा ३७.३ प्रतिशतले गिरावट

रेमिट्यान्सको आप्रबाह बढे पनि विदेश जानेहरु भने ३७.३ प्रतिशतले घटेको छ। नेपाल राष्ट्र बैंकका अनुसार अघिल्लो वर्षको सोही अवधिमा ८.२ प्रतिशतले विदेश जानेको संख्या घटेको थियो।

शोधनान्तर स्थिति ९० अर्ब घाटामा

गत आर्थिक वर्षको ११ महिनामा शोधनान्तर स्थिति ९० अर्ब ८३ करोड रुपैँया घाटामा रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा ४ अर्ब ३४ करोड रुपैँया घाटामा रहेको थियो। 

निक्षेप १३.३ प्रतिशतले बढ्यो कर्जा १८प्रतिशतले

समिक्षा अवधिमा बैंक तथा वित्तिय संस्थाहरुमा रहेको निक्षेप १३.३ प्रतिशत बढेको छ। यो अघिल्लो वर्षको तुलनामा ०.२ प्रतिशतले घटेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप १३.५ प्रतिशतले बढेको थियो। बार्षिक विन्दुगत आधारमा बैंक तथा वित्तिय संस्थाको निक्षेप १९ प्रतिशतले बढेको छ। त्यसतै कर्जा प्रबाहमा भने १८.२ प्रतिशतले बढेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा १९.९ प्रतिशतले बढेको थियो। 

पुनकर्जा २२ अर्ब ४० करोड

उत्पादनशील क्षेत्रतर्फ कर्जा प्रवाह तथा निर्यात विस्तारमा समेत सहयोग पुर्‍याउने उद्देश्यले यस बैंकबाट सहुलियत दरमा प्रदान गरिने पुनरकर्जाको उपयोग समीक्षा अवधिमा बढेको छ।

गत आर्थिक वर्षको ११ महिनामा सरकारले पुन कर्जास्वरुप २२ अर्ब ४० करोड रुपैँया लगानी गरेको छ। साधारण पुनकर्जातर्फ १९ अर्ब २७ करोड र निर्यातका लागि दिइएको पुनकर्जा ८६ करोड ६८ लाख उपभोग भएको छ।

त्यस्तै १५ सय ७८ जनाले २ अर्ब २५ करोड रुपैँया भुकम्प पिडितहरुले आवासीय घर निर्माणको लागि  सहुलियतपूर्ण कर्जा लिएका छन्।

त्यस्तै ‘सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्वन्धी एकीकृत कार्यविधि, २०७५’ बमोजिम प्रवाह गरिएको कर्जामध्ये कृषि तथा पशुपंक्षी व्यवसाय कर्जा अन्तर्गत १५ हजार ९१६ जनाले २९ अर्ब ३६ करोड कर्जा लिएका छन्। 

राष्ट्र बैंकका अनुसार सरकारले सहुलियतपूर्ण कर्जाका लागि कुल १ अर्ब २५ करोड रुपेयाँ ब्याज अनुदान प्रदान गरेको छ। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्