शनिबार, वैशाख ८, २०८१
  • गृहपृष्ठ
  • समाज
  • शुल्क वृद्धिको विरोधमा नेविसंघद्वारा आन्दोलनका कार्यक्रम घोषणा

शुल्क वृद्धिको विरोधमा नेविसंघद्वारा आन्दोलनका कार्यक्रम घोषणा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं- नेपाल विद्यार्थी संघले निजी शैक्षिक संस्थाहरुले गरेको चर्को शुल्क वृद्धि तत्काल फिर्ता नलिए कडा आन्दोलनमा उत्रिने घोषणा गरेको छ। शुक्रबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै नेविसंघले निजी शैक्षिक संस्थाहरुले तत्काल शुल्कवृद्धि फिर्ता नलिए सडक संघर्षमा उत्रिने घोषणा गरेको हो।

नेविसंघले यही साउन ६ गते शिक्षा मन्त्रीलाई ज्ञापनपत्र बुझाउने, साउन ८ गते शैक्षिक शुल्क वृद्धि विरुद्धमा अन्तरक्रिया तथा छलफल गर्ने, साउन १० गते चर्को शुल्कवृद्धिको विरुद्धमा सडक संघर्ष गर्ने र त्यसपछिका चरणबद्ध रुपमा सडक संघर्षका कार्यक्रमहरु गरिने जनाएको छ। 

पत्रकार सम्मेलनमा नेविसंघका पूर्व केन्द्रीय सदस्य तथा नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि लिलाबल्लभ दाहाल (काका) ले वृद्धि गरिएको शुल्क तत्काल फिर्ता नलिए नेविसंघ सशक्त सडक संघर्षमा उत्रिने चेतावनी दिए। 

दाहालले देशकै समग्र शिक्षा प्रणाली नै महँगो भएकोले भ्रष्टाचार मौलाएको टिप्पणी गरे। उनले भने, ‘सरकारी उच्च तहका कर्मचारीको तलब नै ३८ हजार छ। तर, उसले आफ्ना दुई वटा बच्चा पढाउँदा पचासौं हजार खर्च गरिरहेको छ।

यसमा सिधै देखिन्छ कि उसको समग्र आम्दानीभन्दा दुईवटा बच्चा पढाएको खर्च दोब्बर हुन आउँछ। भ्रष्टाचार यहीँबाट सुरु भएको छ। यसलाई रोक्न जरुरी छ।’

सरकार र खासगरी सम्बन्धित निकायले शैक्षिक संस्थाहरुको मनपरीलाई रोक्नको लागि नियमित अनुगमन गर्नुपर्नेमा पनि दाहालले जोड दिए। उनले भने, ‘तर, पछिल्लो एक दशकमा सरकारले अनुगमन नै गरेको छैन्। किनकी उनीहरुको पनि ती संस्थाहरुमा लगानी छ।’

कार्यक्रममा नेविसंघका पूर्व केन्द्रीय सदस्य मोतिलाल भण्डारीले पनि शुल्कवृद्धिको विरोध गरे। भण्डारीले कुन कलेजले कति शुल्क वृद्धि गरेको छ भनेर तथ्यांक नै सार्वजनिक गरेका थिए। 

उनले सार्वजनिक गरेको तथ्यांकअनुसार सबैभन्दा बढि शुल्क लिने कलेजमा ग्लोबल कलेज र के.एम.सी कलेज रहेका छन्। उनले चर्को शुल्क लिने विभिन्न २० वटा कलेजको नाम र उनीहरुले लिने गरेको शुल्कसमेत सार्ववजनिक गरेका थिए। 

अर्का पूर्व केन्द्रीय उपाध्यक्ष क्षितिज भण्डारीले पनि शुल्कवृद्धिको विरोध गरे। सरकारले प्राविधिक शिक्षा तथा तालिमसम्बन्धी अध्यापन गराउने कलेजको सम्बन्ध रोकेको भएपनि शिक्षा मन्त्रीले गुल्मीलगायतका १२ कलेजलाई चोर बाटोबाट सम्बन्धन दिलाएको आरोप लगाए। 

त्यस्तै उनले नेविसंघले आफन्तहरुलाई छात्रवृत्ति दिलाउने विरुद्धमा नीति पारित गरेकोले त्यसलाई कार्यान्वयन गर्नुपर्ने पनि बताए। उनले भने, ‘हामीले चन्दा नउठाउने नीति पारित गरेका छौं। यसलाई सशक्त रुपमा कार्यान्वयन गर्नुपर्छ। त्यस्तै, विश्वविद्यालयका उपकलुतिहरुलगायतका पदमा राजनीतिक नियुक्ती गर्नुहुँदैन्।’

नेविसंघका पूर्व कार्यवाहक अध्यक्ष एवम् कांग्रेस महासमिति सदस्य मनहरि श्रेष्ठले अभिभावककहरुको ढाड सेक्नेगरि गरिएको अवैज्ञानिक शुल्कवृद्धि तत्काल खारेज गर्नुपर्ने माग गरे। 

आफूहरुले विगत लामो समयदेखि शुल्कवृद्धिको विरुद्धमा सशक्त आवाज र संघर्ष गर्दै आएको सुनाउँदै श्रेष्ठले भने,‘अब पनि सरकारले हाम्रा मागबारे सुनुवाई गरेन र शुल्कवृद्धि फिर्ता गरेन भने हामी बाध्य भएर सडक संघर्षमा होमिनुपर्ने हुन्छ। सरकारले बेलैमा ध्यान दिओस्।’ 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।