बिहीबार, वैशाख १३, २०८१
  • गृहपृष्ठ
  • समाज
  • धनगढी विस्फोट : फेसबुकमा आयु लेखेको चार दिनमै सिंहले संसार छाडे

धनगढी विस्फोट : फेसबुकमा आयु लेखेको चार दिनमै सिंहले संसार छाडे

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
धनगढी - ‘यो आकाशको उचाइ कति छ भनेर कसलाई के थाहा ? मेरो जिन्दगीको आयु कति छ भनेर मलाई के थाहा ? फेसबुकमा रहेका सबै साथीलाई न्यायो माया ।’

बिहीबार बेलुकी धनगढीमा भएको बम विस्फोटमा परी ज्यान गुमाउने २७ वर्षीय राम सिंहले आफ्नो फेसबुक वालमा लेखेको अन्तिम स्टाटस हो यो ।

नभन्दै फेसबुक स्टाटस लेखेको चार दिनपछि उनको आयु सकियो । आफ्नो जिन्दगीको आयु थाहा नभएको बारे असार २९ गते फेसबुक वालमा लेखेको चार दिनपछि आफंैले बोकेको बम पड्किएर सिंहले सदाका लागि संसार छोडे ।

बझाङ जयपृथ्वी नगरपालिका–१ कैलाशपिमी घर भएका सिंह आफूले संसार त छोडेर गए सँगैको साथी लक्ष्मण सेरेला र अन्य तीन सर्वसाधारणलाई घाइते तुल्याए । बायाँतिर कम्मरभन्दा तलको भाग अधिकांश बलमे उडाएर गम्भीर घाइते भएका सिंहले राति ११ बजे संसार त्यागे । उनी विप्लव समूहको नेकपामा रहेको पुष्टि भएको छ । उनीसँगै घाइते भएका सेरेला पनि विप्लव समूहकै कार्यकर्ता रहेको सो पार्टीले जनाएको छ ।

उनले फेसबुकमा विप्लव समूहले गरेका घटनासँग सम्बन्धित समाचार तथा सोही समूहका नेताका भाषण सेयर गरेका छन् । तीन दाजुभाइका जेठा राम र अरु दुई भाइसँगै लगेर छ–सात महिनापहिले धन कमाउन भारतको बैङलोर गएको दाजु गंगाले बताए ।

उनले फेसबुकमा विप्लव समूहले गरेका घटनासँग सम्बन्धित समाचार तथा सोही समूहका नेताका भाषण सेयर गरेका छन् । तीन दाजुभाइका जेठा राम र अरु दुई भाइसँगै लगेर छ–सात महिनापहिले धन कमाउन भारतको बैङ्लोर गएको दाजु नाता पर्ने गंगाले बताए । उनका दुई भाइ बैङ्लोरमै छन् ।

सिंहको शव पोस्टमार्टमका लागि सेती अञ्चल अस्पतालमा राखिएको छ । पोस्टमार्टमपछि धनगढीमा रहेका आफन्तले धनगढीमै दाहसंस्कार गर्ने तयारी गरेको भतिजा उकेश सिंहले जानकारी दिए । 

प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।