एजेन्सी- इंग्ल्यान्ड क्रिकेट टोलीले ४४ वर्षे एकदिवसीय विश्वकप क्रिकेटमा पहिलो पटक च्याम्पियन बन्यो । यस दोरान इंग्ल्यान्डले ११४ खेलडी समावेश गर्दै र कुल ८३ खेल खेलेको छ । इंग्ल्यान्ड क्रिकेट टिमले चार पटक फाइनल खेल खेल्यो ।
त्यस्तै यस विश्वकपको फाइनल खेल बराबरी भयो । जुन एकदिवसीयमा यो पहिलो पटक हो । अझ आश्चर्य त सुपर ओभरमा पनि पहिलो पटक खेल बराबरी भयो । इयोन मोर्गनको कप्तानीमा रहेको इंग्ल्यान्ड टिमले विश्वकप विजेता बन्दै आफ्नो लामो समयबाट चल्दै आएको लगभग सबै रेकर्ड तोडेको छ ।
रुटले गूचलाई पछि पारेइंग्ल्यान्ड क्रिकेट टिमका वर्तमान टेस्ट कप्तान जोए रुटले आइसिसी विश्वकप २०१९ मा ५५६ रन जोडेधका थिए । उनी विश्वकप २०१९ मा सर्वाधिक रन बनाउने पाँचौ खेलाडी समेत हुन् ।
तर इंग्ल्यान्डका लागि उनी एकदिवसीय विश्वकप क्रिकेटमा सर्वाधिक रन बनाउने पहिलो खेलाडी बनेका छन् । उनले यसअघि गूचको नाममा रहेको रेकर्डलाई आफ्नो नाममा गरे । गूचले १९८७ को विश्वकपमा ४७१ रन जोडेका थिए ।
आर्चरले तोडे बोथमको रेकर्डआफ्नो पहिलो विश्वकप खेल्दै युवा तिब्र गतिका बलर जोफ्रा आर्चरले कुल २० विकेट लिए । जोफ्राले लिएका २० विकेट इंग्ल्यान्डका लागि कुनै पनि एक विश्वकपमा लिएको सर्वाधिक विकेट हो । यसअघि यो रेकर्ड इयान बोथमको नामा थियो । उनले १९९२ को विश्वकपमा कुल १६ विकेट लिएका थिए ।
सर्वाधिक शतकइंग्ल्यान्डका लागि एक विश्वकपमा सर्वाधिक शतक बनाउने रेकर्ड यस विश्वकपमा बनाएको छ । यस विश्वकपमा इंग्ल्यान्ड टिमले कुल ७ शतक बनाएको छ । यसअघि इंग्ल्यान्ड टिमले १९९८३, २००७ र २०१५ को विश्वकपमा समान दुई दुई शतक बनाएको थियो ।
सर्वाधिक छक्को रेकर्डघरेलु मैदानमा आयोजना भएको विश्वकप २०१९ मा इंग्ल्यान्डले कुल ७६ छक्का प्रहार गरे । जुन कुनै पनि एक विश्वकपमा कुनै पनि टिमको तर्फबाट सुर्वाधिक छक्का हो । यसअघि इंग्ल्यान्डका लागि एकै विश्वकमा कुल छक्का २२ थियो । जुन २००७ को विश्वकमा प्रहार गरेका थिए ।
मोर्गनको सर्वाधिक छक्काइंग्ल्यान्ड विश्वकप २०१९ मा कप्तान इयोन मोर्गनले सर्वाधिक २२ छक्का प्रहार गरे । जो इंग्ल्यान्डका लागि कुनै एक ब्याट्सिम्यानले एकै प्रतियागितामा प्रहार गरेको सर्वाधिक छक्का हो ।
अफगानिस्तानविरुद्ध इंग्ल्यान्डको रेकर्डइंग्ल्यान्डे अफगानिस्तानविरुद्धको खेलमा रेकर्ड बनाएको थियो । उक्त खेलमा इंग्ल्यान्डले २६ छक्का प्रहार गरेको थियो । जुन एकदिवसीयमा कुनै एक टिमविरुद्ध सर्वाधिक छक्का हो ।
सर्वाधिक शतकीय साझेदारीयस विश्वकपमा इंग्ल्यान्डकातर्फबाट सर्वाधिक शतकीय साझेदारी बनेको थियो । इंग्ल्यान्डका ब्याट्सम्यानले ११ पटक १०० भन्दा बढी रनको शतकीय साझेदारी गरेका थिए ।
जुन एक विश्वकपमा कुनै एक टिमकोतर्फबाट सर्वाधिक शतकीय साझेदारी हो । इंग्ल्यानको आफ्नो यस अघिको रेकर्ड चार शतकीय साझेदारी थियो । जुन् इंग्ल्यान्डले २०११ को विश्वकपमा बनाएको थियो ।
सर्वाधिक ३०० भन्दा बढी स्कोरयस विश्वकपमा इंग्ल्यानडले ६ पटक ३०० भन्दा बढी रनको स्कोर बनाएको थियो । जो विश्वकपको इतिहासमा कुनै एक टिमको पहिलो रेकर्ड हो । यस अघि अष्ट्रेलियाले २००७ को विश्वकपमा पाँच पटक ३०० भन्दा बढी रन बनाएको थियो ।
सर्वाधिक क्याचइंग्ल्यान्डले यस विश्वकपमा सर्वाधिक क्याच लिने खेलाडीको रेकर्ड आफ्नो नाममा गरेको छ । यस रेकर्डमा सर्वाधिक क्याच रुटको नाममा छ । उनले १३ क्याच लिएका छन् ।
यसअघि यो रेकर्ड अष्ट्रेलियाका दिग्गज कप्तान रिक्की पोन्टीङको नाममा थियो । उनले २००३ को विश्वकमा सर्वाधिक ११ क्याच लिन सफल भएका थिए ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४