शुक्रबार, वैशाख ७, २०८१

विश्‍वमा आज : कहाँ के-के भयो ?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
१. भियतनामको मध्य प्रान्त खान्ह होआमा बुधबार माछा पोखरीमा डुबेर चार बालबालिकाको मृत्यु भएको छ। स्थानीय सञ्चार माध्यमले बिहीबार उक्त जानकारी दिएका छन् ।

खान्ह भिन्ह जिल्लामा रहेको यस पोखरीमा नुहाउन गएका तीन बालक र एक बालिका गहिरो खाल्डोमा डुबेका थिए। यी चार बालबालिका नजिकका आफन्त भएको समाचारमा जनाइएको छ। 

२. भारतले आगामी सोमबार चन्द्रयान प्रक्षेपण गर्नेगरी नयाँ मिति घोषणा गरेको छ। गत साता प्रक्षेपणको पूर्वसन्ध्यामा इन्धन चुहिएका कारण अन्तिम समयमा चन्द्रयानको प्रक्षेपण स्थगित गरिएको थियो। भारतीय अन्तरिक्ष अनुसन्धान संस्था (इसरो) ले आगामी सोमबार अपराह्न २ बजेर ४३ मिनेटमा चन्द्रयान–२ को प्रक्षेपण गरिने घोषणा गरेको छ। भारतले चन्द्रमामा भूउपग्रह अवतरण गराउने महत्वाकांक्षी अभियान सफल बनाउन केही वर्षदेखि प्रयास गरिरहेको छ। रुस, संयुक्त राज्य अमेरिका र चीनले यस्तो सफलता प्राप्त गरिसकेका छन्।

३. जापानको क्योटो शहरमा रहेको एक भवनमा रहेको एनिमेसन स्टुडियोमा बिहीबार गरिएको संदिग्ध आगजनीमा परी कम्तीमा २४ जनाको मृत्यु हुनुको साथै अन्य दर्जनौँ घाइते भएका छन्। 
सो कम्पनीमा भएको भीषण आगआगी योजनाबद्ध रुपमा गरिएको प्रहरीको भनाइ छ। आगजनीको कारण प्रष्ट भइनसकेको प्रहरीले जानकारी दिएको छ। आगजनीको समयमा भवनमा कार्यरत धेरै व्यक्तिहरु भाग्न असफल भएकाले मृतकको संख्या अझ बढ्ने आशंका गरिएको अधिकारीहरुले जानकारी दिएका छन्। 

४. अमेरिकी रक्षा मन्त्रालयले मेक्सिकोसँगको सीमामा थप करिब दुई हजार १०० सेना परिचालन गर्न लागेको जनाएको छ।
आप्रवासीको समस्या थप जटिल बन्न लागेको भन्दै अमेरिकी गृह प्रशासनको अनुरोधमा सेना थप गर्न लागेको रक्षा मन्त्रालयले स्पष्ट गरेको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दक्षिणी सीमाबाट अवैध आप्रवासीको अमेरिका आगमनमा कडाई गर्ने घोषणा गरेयता मेक्सिको सीमाक्षेत्रमा अमेरिकी सैनिकको संख्या बढ्दै गएको छ। थप हुने सेनासहित अब सीमाक्षेत्रमा करिब छ हजार ६०० सैनिक तैनाथ हुनेछन्।

५. नेदरल्यान्ड्सका डिफेन्डर म्याथिस डी लीट इटालीको च्याम्पियन युभेन्टस फुटबल क्लबमा अनुबन्धित भएका छन्। क्लबका अनुसार आठ करोड ४२ लाख डलरमा उनी आयाक्सबाट युभेन्टसमा स्थानान्तरित हुन राजी भएका हुन्। उन्नाइस वर्षीय यी प्रतिभाशाली डच खेलाडीको करार अवधि पाँच वर्षको रहेको छ। 
युभेन्टसले जारी गरेको विज्ञप्तिमा डी लीटले करार रकमका अतिरिक्त थप एक करोड ५ लाख युरो पनि पाउने उल्लेख छ। डी लीटको सम्झौता रकम युभेन्टसको इतिहासमा तेस्रो सर्वा्धिक बढी रकम हो। सन् २०१८ मा क्लबले क्रिस्टियानो रोनाल्डोका लागि १० करोड ५० लाख युरो भुक्तानीमा सम्झौता गरेको थियो भने सन् २०१६ मा गोन्जालो हिगुइनका लागि नौ करोड युरो भुक्तानी गर्न सहमति जनाएको थियो।

६. भारतको कैयौ भागमा बाढी खतरा अझै यथावत रहेको छ। यद्यपी भारतको पूर्वी राज्य विहार र उत्तरपूर्वी राज्य आसाम र उत्तर प्रदेशका केही भागहरु बाढीको यस प्रकोपबाट बढी प्रभावित भएको छ। मनसुनी वर्षा त्यसपछिको बाढीको कारणले पछिल्ला केही दिनमा भारतमा ज्यान गुमाउने व्यक्तिको सङ्ख्या १ सय पुगेको छ।
सो प्रकोपको कारण ८० लाख  भन्दा बढी व्यक्ति बाढी प्रभावित क्षेत्रबाट विस्थापित भएका सम्बन्धित अधिकारीहरुले जानकारी दिएका छन्। बाढी प्रभावित व्यक्तिहरुको लागि राज्य सरकारका प्रतिनिधिहरुले खानेकुरा, लत्ताकपडा र औषधिलयायत अन्य आवश्यक सामाग्रीहरु प्रवन्ध मिलाएको बताइएको छ।
हालै बिहारमा आएको बाढीको प्रमुख कारण अबिरल रुपमा परेको मौसमी वर्षा भएको बताइएको छ। यस वर्षाको कारण नेपालको कैयौं इलाकासमेत जलमग्न भएको थियो।

७. एकजना फ्रान्सेली ६० वर्षीय नागरिकले आफ्नो विकलांग भएको गोडाको फोटो एउटा चुरोट कम्पनीको बण्डलमा छापिएपछि त्यसविरुद्ध कानूनी उपचार खोजेका छन्।

८. आवश्यक तयारी र बित्तिय बन्दोबस्तबिना बेलायतले युरोपेली संघ छोड्दा प्रत्यक्ष रुपले बेलायत चरम वित्तिय संकटमा भासिन सक्ने विज्ञहरुले बताएक छन्।

९. चिनियाँ राष्ट्रपति सी जिनपिङले संसारभरी चीनका कुटनीतिक नियोगहरुमा खटिएका राजदूतहरुलाई एउटा समारोहबीच सम्बोधन गर्दै बदलिँदो विश्वमा आवश्यक भुमिकाबारे जिम्मेवार ढंगले चिनियाँ कुटनीतिलाई परिचालन गर्न आवश्यक निर्देशन दिएका छन्।

१०. ग्रिसेली संसदको १८ औं सत्रमा तीनसय जना सांसदहरुलाई सामूहिक रुपमा सपथ गराइएको छ। गत जुलाई ७ मा भएको आम निर्वाचनपछि जितेर आएका सम्पूर्ण ‘डिप्युटीज’ लाई सपथ ग्रहण गराईएको हो। उक्त अबसरमा प्रधानमन्त्री किरियाकोस मिचोताकिसले सबैलाई देशमा सुशासन र अमन चयन स्थापना गर्ने आवश्यक जोशजाँगर मिलोस भन्ने शुभेच्छा व्यक्त गरे।

 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।
बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।