शुक्रबार, वैशाख ७, २०८१

धनुषा र महोत्तरीका बाढी प्रभावित क्षेत्र पुगे देउवा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
जनकपुरधाम – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा बाढी प्रभावित क्षेत्रको निरीक्षण गर्न महोत्तरी पुगेका छन्। बुधबार रौतहटको विभित्र स्थानमा पुगेर बाढीपीडितलाई भेटेका देउवा बिहीबार महोत्तरी पुगेका हुन्।

सभापति देउवा महोत्तरीको औरही, श्रीपुर कविलासा, पिपरा, मठिहानी, सदरमुकाम जलेश्वर, बजराहीलगायतका बाढी प्रभावित क्षेत्रको अनुगनम गरेका छन्।

महोत्तरीको पिपरामा कार्यकर्ता भेटघाटमा देउवाले बाढी र डुबान प्रभावितको उद्धार तथा राहतमा जुट्न सबैसँग आग्रह गरेका छन्। ‘अहिले विपद्को समय छ, सबै आग्रह पूर्वाग्रह त्यागेर राहत तथा उद्धारमा जुट्नुस,’ उनले भने, ‘यस्तो समयमा सबै कुरा बिर्सेर सेवाभावले राहत र उद्धारको काममा जुटनु जरुरी छ।’

पीडितको नाम संङ्कलन गर्दा कतिपय ठाउँमा तलमाथि भएको गुनासो आएको बताउँदै सभापति देउवाले यस्ता गुनासा आउन नदिन सबै दलका कार्यकर्ता उदार बत्रुपर्ने बताए।

आफू विपद् क्षेत्रको निरीक्षण र पीडितको अवस्था बुझ्न आएको भन्दै देउवाले राजनीतिक कुराबारे जिज्ञासा नराख्न कार्यकर्ता र सञ्चारकर्मीहरुलाई पहिले नै आग्रह गरेका थिए।

यसैगरी देउवा बिहीबार नै धनुषाको बाढी प्रभावित क्षेत्रसमेत पुगेका छन्। महोत्तरीको बाढी प्रभावित क्षेत्रको निरीक्षण गरेर फर्केका देउवा धनुषा पुगेका हुन्। 

उनले बाढीबाट सबैभन्दा बढी प्रभावित धनुषाको पूर्वी भेग पुगेर स्थलगत निरीक्षण गरेका छन्। सभापति देउवा धनुषाको हंसपुरकठपुल्ला, बेल्ही, फुलबरीया, मलहनिया, पौडेश्वरलगायतका स्थान पुगेर बाढीबाट भएको क्षतिबारे जानकारी लिएका छन्।

बिहीबार जनकपुर बसेर कांग्रेस सभापति देउवाको शुक्रबार सिरहा र सप्तरी पुगेर बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गर्ने कार्यक्रम रहेको जनाइएको छ।

बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणको क्रममा सभापति देउवासँगै कांग्रेसका केन्द्रीय सदस्य आनन्दप्रसाद ढुंगाना, महेन्द्र यादव, रामकृष्ण यादव, प्रदेश २ का संसदीय दलका नेता रामसरोज यादव, मैथिली विकास कोषका अध्यक्ष जीवनाथ चौधरी, नेविसंघ धनुषाका सभापति सुजित मिश्रलगायतका नेता कार्यकर्ताको सहभागिता रहेको थियो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।