एजेन्सी- विश्वकप २०१९ मा सानदार प्रदर्शन गरेका जोसन रोयले इनाम स्वरुप टेस्ट टोलीमा डेब्यु पाएका छन् । उनलाई इग्ल्यान्ड क्रिकेट बोर्डले विश्वकपको सानदार प्रदर्शन पछि पहिलो पटक टेस्ट टोलीमा समावेश गरको छ ।
रोयलाई आयरल्यान्डविरुद्धको चार दिवसीय टेस्ट खेलमा लागि टोलीमा समावेश गरेको हो । विश्वकप पछि इंग्ल्यान्ड क्रिकेट टिम चयन समितिले उक्त टेस्ट खेलका लागि १३ सदस्यीय टोलीको घोषणा गरेको छ ।
टेस्ट टिममा परेसँगै रोय एशेज सिरिजका लागि पनि टोलीमा पर्न सक्ने बताइएको छ । टेस्टमा अनक्याप्ड जोफ्रा आर्चरलाई टिममा समावेश गरेको छैन् । मंसपेशिमा देखीएको समस्याका कारण आर्चर टोलीमा समावेश नभएको जनाएको छ । उनी एशेज सिरिजका लागि टोलीमा फर्किने बताइएको छ ।
विश्वकप फाइनल खेलमा मंसपेशिको समस्याका कारण मार्क वुड पनि टोलीमा समावेश छैनन् । उनलाई ६ हप्ताका लागि विश्राम दिएको छ । यससँगै विश्वकपको जितका हिरो बेन स्टोक्सलाई पनि एशेज सुरु नहुन्जेलसम्मलाई विश्राम दिइएको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४