बिहीबार, वैशाख १३, २०८१

टिकटकलाई सरकारका २१ प्रश्न 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
समय–समयमा विवादित बन्दै आएको चिनियाँ सोसल मिडिया टिकटक फेरि विवादित बनेको छ।

भारत सरकारले यसअघि पनि पटकपटक चिनियाँ सोसल मिडियामाथि खबरदारी गर्दै आएकोमा यसपटक २१ वटा प्रश्नसहित किन बन्द नगर्ने भन्ने प्रश्न उठाएको छ। टिकटकका साथै हेलो सोसल मिडिया पनि विवादमा परेको छ। 

भारतले यी दुबै सोसल मिडियालाई सूचना जारी गर्दै २१ वटा प्रश्न गरेको छ। र ती प्रश्नहरुको जवाफ नदिए भारतमा ब्याण्डसमेत हुन सक्नेछ।

यसअघि भारतको राष्ट्रिय स्वयंसेवक संघ (आरएसएस) सँग जोडिएको एक संगठनले प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेटेर टिकटक र हेलो जस्ता सामाजिक संजालहरुमाथि प्रतिबन्ध लगाउन माग गरेको थियो। उसको आरोप थियो, कि यी दुबै संजाल राष्ट्रविरोधी तत्वको अड्डा बनेका छन्।

प्रधानमन्त्रीसँगको गुनासोपछि मन्त्रालयको प्रश्न

प्रधानमन्त्री नरेन्द्र मोदीलाई आरएसएस आबद्ध समूहले ज्ञापन पत्र बुझाएपछि इलेक्ट्रोनिक्स एवम् सूचना मन्त्रालयले यी दुई संजाललाई राष्ट्रविरोधी गतिविधिबारे जवाफ माग गरेको छ।

यसअघि टिकटकले भारतमा सूचना प्रविधिका लागि आगामी ती वर्षभित्र करिब १ करोड डलर बराबरको भौतिक संरचना निर्माण गरिदिने बचन दिएको थियो।

अहिले मन्त्रालयले टिकटकलाई विभिन्न प्रश्नहरु तेस्र्याएर भारतमा किन बन्द नगर्ने भन्ने प्रश्नलाई जोड दिएको छ। भारतीय सामाजिक संरचनालाई असर गर्ने खालका भिडियो सामग्रीहरु जथाभावी प्रकाशन किन गरेको, अश्लिलतालाई रोक्न किन नसकेको जस्ता प्रश्नहरु टिकटक र हेलो माथि गरिएको भारतीय संचारमाध्यमहरुले जनाएका छन्।

यसअघि मारतको मद्रास उच्च अदालतले टिकटकलाई बन्द गरिदिएको थियो। साथै अदालतले यस्तो भिडियोहरु बनाउन रोक लगाउन सरकारलाई आदेशसमेत दिएको थियो। टिकटकका भिडियो फेसबुक जस्ता अन्य सामाजिक संजालहरुमा शेयर गर्नसमेत रोक लगाएको थियो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

दुई वर्षदेखि अवरुद्ध प्रधानमन्त्री कार्यालयको आधिकारिक फेसबुक पेज पुनः सञ्चालनमा

दुई वर्षदेखि अवरुद्ध प्रधानमन्त्री कार्यालयको आधिकारिक फेसबुक पेज पुनः सञ्चालनमा

प्रधानमन्त्रीको स्वकीय सचिवालयको ‘आइटी टिम’को पहलमा दुई वर्षदेखि अवरुद्ध फेसबुक पेज पुनःसञ्चालनमा आएको हो ।
ट्विटरको लोगोमा चराको सट्टा कुकुर

ट्विटरको लोगोमा चराको सट्टा कुकुर

ट्विटरको मोबाइल एप र ब्लगदेखि अन्य आधिकारिक साइटहरूमा भने ट्विटरकै लोगो देखिन्छ।
ट्विटरको लोगो फेरियो

ट्विटरको लोगो फेरियो

सामाजिक प्लेटफर्म ट्विटरमा लोगो परिवर्तन गरिएको छ।
ट्वीटरको मूल्य २० अर्ब डलर: एलन मस्क

ट्वीटरको मूल्य २० अर्ब डलर: एलन मस्क

यो मूल्य मस्कले पाँच महिना अघिमात्र सोसल मिडिया प्लेटफर्मका लागि तिरेको ४४ अर्ब डलरभन्दा आधा भन्दा पनि कम हो।
सम्भव छ भूकम्पको सही पूर्वानुमान?

सम्भव छ भूकम्पको सही पूर्वानुमान?

जियोलोजिकल सर्भे अफ अमेरिकाका अनुसार कुनै पनि प्रभावकारी भूकम्पको पूर्वानुमानका लागि तीनवटा कुरा हुनुपर्छ। पहिलो भूकम्प जाने ठाउँ, दोस्रो कहिले आउँदैछ र तेस्रो कति ठूलो...