शनिबार, वैशाख ८, २०८१

राहत बोकेर प्रदेश सरकार पुग्यो रौतहट

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
जनकपुरधाम- प्रदेश २ सरकार राहत सामग्री बोकेर रौतहट पुगेको छ।

संघीय सरकारका मन्त्रीहरुको टोली र प्रमुख प्रतिपक्ष दलका सभापति शेरबहादुर देउवा बाढीबाट सबैभन्दा बढी प्रभावित रौतहट पुगेको दोस्रो दिन प्रदेश सरकार राहत बोकेर त्यहाँ पुगेको हो।

मुख्यमन्त्री लालबाबु राउत आँफै रौतहट पुगेर बाढीपीडितलाई राहत बिहीबार राहत वितरण गरेका छन्। गौरस्थित जिल्ला प्रशासन कार्यालय परिसरमा मुख्यमन्त्री राउतले पीडितलाई खाद्यात्र, त्रिपाल, झुललगायतका सामग्री वितरण गरेका हुन्।

प्रदेश सरकारले बाढी पीडितलाई राहत सामग्री वितरणमा सहयोग र व्यवस्थापन गर्न मन्त्री र सांसदहरुलाई आ–आफ्नो क्षेत्रमा केन्द्रित हुन भनेको छ।

बाढीपीडितलाई राहत वितरणका लागि छुट्टाछुटै टोली बनाएर परिचालन गरेको प्रदेश सरकारले जनाएको छ। रौतहटका बाढीपीडितलाई १ करोड ३५ लाख बराबरको राहत सामग्री वितरण गर्न लागिएको सरकारले बताएको छ।

राहत वितरण कार्यक्रममा आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादव, भूमि व्यवस्थापन, कृषि तथा सहकारी राज्यमन्त्री योगेन्द्र यादवलगायत प्रदेशसभा सदस्यहरुको उपस्थिति रहेको थियो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।