शुक्रबार, वैशाख ७, २०८१
  • गृहपृष्ठ
  • समाज
  • ‘सीके जस्तै प्रतिस्पर्धामा आउने हो भने विप्लवलाई स्वागत छ’

‘सीके जस्तै प्रतिस्पर्धामा आउने हो भने विप्लवलाई स्वागत छ’

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं- स्वतन्त्र मधेश गठबन्धनका संयोजक डा.सीके राउतले शान्तिपूर्ण प्रतिस्पर्धामा आए जस्तै विप्लव पनि आउन चाहे स्वागत गर्न सरकार तयार रहेको दाबी गरिएको छ।

सरकारका प्रवक्ता एवं सञ्चार मन्त्री गोकुलप्रसाद बाँस्कोटाले सीके राउतकै जस्तो शान्तिपूर्ण प्रतिस्पर्धामा नेत्रविक्रम चन्द आउन चाहे आफूहरु स्वागत गर्न तयार रहेको बताएका छन्।

मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न बिहीबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री बाँस्कोटाले भने, ‘विप्लव जीहरु सीके राउतको झै शान्तिपूर्ण प्रतिस्पर्धा गर्नेगरी आउने हो भने स्वागत गर्न तयार छौं। होहल्ला मचाएर प्रचारको लाभ लिने होइन, त्यस्तोमा हुँदैन।’

वार्ताका लागि विप्लवले राखेको अडानका विषयमा उनले भने, ‘मान्छे छोड्नु पर्ने, मुद्दा फिर्ता लिनु पर्ने अनि त्यसपछि वार्तामा आउनु भएन भने के गर्ने? यो नझेलिया युद्ध त होइन नि।

२०५२ देखि ६२ सम्म त्यही भएको अहिले पनि त्यही त हुने होइन? यो छक्का पञ्जा गर्ने हुँदैन।’

‘वार्ता के का लागि गर्ने? शान्ति प्रक्रियामा आउने सुनिश्चितता हुँदा वार्ता हुन्छ।’ उनले भने, ‘अब अनौपचारिक वार्ता त चलि रहन्छ नि। तर, वार्ता चै गर्ने निष्कर्षमा नपुग्ने त्यसबाट प्रचार गर्ने। र, फाइदा लिने हुँदैन। सकारात्मक रुपमा वार्ताका लागि आए उहाँहरुलाई स्वागत छ।’

यस्ता छन् मन्त्रिपरिषद्का निर्णय
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।