बिहीबार, वैशाख ६, २०८१
  • गृहपृष्ठ
  • समाज
  • बुद्धमूर्ति तोडफोड : डिएसपीको कमाण्डमा अनुसन्धान टोली गठन

बुद्धमूर्ति तोडफोड : डिएसपीको कमाण्डमा अनुसन्धान टोली गठन

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
भैरहवा – रुपन्देहीको नयाँमिल शंकरनगर क्षेत्रको छ लेन सडकखण्डको डिभाइडरमा राखिएका बुद्धमूर्ति बुधबार राति तोडफोड भएकोप्रति तिलोत्तमा नगरपालिकाले घोर भत्र्सना जनाएको छ।

नगरपालिकाका प्रमुख बासुदेव घिमिरले हस्ताक्षर गरी जारी गरेको विज्ञप्तीमा भनिएको छ, ‘राष्ट्रिय विभुति, शान्तिका अग्रदूत, महामानव गौतम बुद्धका मूर्तिमा लगाइएको कुदृष्टिले हामी सबै नगरबासीलाई अत्यन्तै दुखित बनाएको छ। साउन १ गते राति नयाँ मिलदेखि शंकरनगरसम्मका पाँचवटा मूर्तिमा गरिएको तोडफोडले कानुनि राज्यको उपहास गरेको छ।’

उक्त घटनापछि बिहीबार बसेको नगर कार्यपालिकाको आकस्मीक बैठकले बुद्धमूर्ति तोडफोडको घटनाको निन्दा गर्दै तिलोत्तमा नगरपालिकाको विकासको कामबाट अत्तालिएकाहरुले नियोजित र संगठीत रुपमा उक्त कार्य गरेको ठहर समेत गरेको छ।

नगरपालिकाले नगरको योजना अनुसार कोटिहवासम्म बुद्धमूर्ति राख्ने योजना यथावत नै रहेको बताउँदै दोषीको तत्काल खोजी गर्न हदैसम्मको कारबाहीको माग समेत गरेको छ।

यता प्रहरी प्रशासनले घटनालाईं गम्भीर रुपमा लिँदैं डिएसपी भीमलाल भट्टराईको संयोजकत्वमा अनुसन्धान टोली गठन गरी घटनामा संलग्नको खोजी तिव्र पारिएको रुपन्देही प्रहरी प्रमुख एसपी हृदय थापाले बताए। घटनाको स्थलगत निरीक्षण पश्चात उनले भने, ‘रडले हानेर बुद्धमूर्ति ढालिएको देखिन्छ। यसको विस्तृत अनुसन्धान पछि खुल्छ। घटनामा संलग्नको खोजी तिव्र छ। अपराधी उम्कन पाउँदैन। ’

बुद्धमूर्ति तोडफोडको सम्पूर्ण क्षेत्रबाट निन्दा भइरहेको छ। उक्त कार्यमा संलग्नलाई कडा भन्दा कडा कारबाही गर्न सम्पूर्ण क्षेत्रबाट दबाब आइरहेको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।