बिहीबार, वैशाख १३, २०८१

एनिमेशन स्टुडियोमा आगजनी, २३ जनाको मृत्यु

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
जापान- जापानको क्योटोस्थित एउटा एनिमेशन स्टुडियोमा भएको आगजनीको घटनामा कम्तीमा २३ जनाको मृत्यु भएको छ ।

घटनामा कम्तीमा ३० जना हराइरहेका र दर्जनौँ व्यक्ति घाइते भएको बताइएको छ।

स्थानीय सञ्चारमाध्यमले प्रहरीलाई उद्धृत गर्दै एक पुरुष बिहीवार बिहान 'क्योटो एनिमेशन'को स्टुडियोमा प्रवेश गरेर अज्ञात तरल पदार्थ छ्यापेको जनाएका छन्।

नाम नखुलाइएका ती व्यक्तिलाई पक्राउ गरिएको छ। घाइते भएकाले उनलाई पनि अस्पताल लगिएको छ।

घटना कसरी भयो?

स्टुडियो भएको तीनतले भवनमा स्थानीय समयानुसार बिहान १०:३० बजे आगो लागेको थियो।

टोक्योस्थित बीबीसी संवाददाता रुपर्ट विङ्फिल्ड-हाएसका अनुसार प्रत्यक्षदर्शीहरूले आगो लागेपछि ठूलो विस्फोटन भएको सुनिएको बताएका छन्।


अग्निनियन्त्रण विभागका प्रवक्ताले समाचारसंस्था एएफपीलाई भने, "भवनमा फसिरहेका धेरै पीडितहरूलाई हामी बाहिर ल्याउने प्रयास गर्दैछौँ।"

"एक व्यक्तिले तरल पदार्थ फ्यालेर त्यसमा आगो लगाए," स्थानीय प्रहरी प्रवक्ताले एएफपीलाई भने।

एनएचकेका अनुसार ती व्यक्तिले आगो लगाउँदै "अब तिमीहरू मर" भन्ने आशयको टिप्पणी गरेका थिए।

ती सन्दिग्ध व्यक्तिको सो स्टुडियोसँग कस्तो सम्बन्ध छ भन्ने स्पष्ट भइसकेको छैन।

सो भवननजिकै बस्ने एक ५९ वर्षीया महिलाले समाचारसंस्था क्योदोलाई भनिन्, "डढेको केश भएको एक व्यक्ति लडिरहेका थिए अनि त्यहाँ रगत लागेका पदचिह्न थिए।"

स्टुडियोबारे के थाहा छ?

क्योटो एनिमेशन सन् १९८१ मा स्थापना भएको थियो।

त्यसले "के-अन" र "द मेलन्कली अफ हारुही सुजुमिया" जस्ता एनिमेशन कार्यक्रमहरू बनाएको छ।

क्योटो एनिमेशनले बनाएका सामग्रीको तस्बिरसहित प्रशंसकहरूले सामाजिक सञ्जालमा सो घटनाबारे आश्चर्य र क्षोभ व्यक्त गरेका छन्। बीबीसी
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।