काठामाडौं – प्रभु बैंक लिमिटेडले निक्षेकर्ताहरुलाई अधिकतम लाभ प्रदान गर्ने उद्देश्यले Prabhu Welcome र Prabhu Salary Savings खातामा औषधोपचार र दुर्घटना बीमा सुविधा सञ्चालनमा ल्याएको छ।
बैंकले श्रावण १ गतेदेखि उक्त सुविधा प्रदान गरेको छ। यो सुविधाको माध्यमबाट एचबदजग Prabhu Welcome र Prabhu Salary Savings खाता योजना अन्तर्गत हाल भइरहेका र भविष्यमा खोलिने खाताहरुमा निक्षेकर्ताहरुको औषधोपचार बीमा बापत तीन लाख र दुर्घटना बीमा बापत रु १ करोड सम्मको जोखिम बैंकले वहन गर्नेछ ।
प्रभु बैंकले सञ्चालनमा ल्याएको यस बीमा सुबिधाले यी दुई बचत खाता योजना अन्तर्गत खाता हुने निक्षेप ग्राहकहरुले देशका बिभिन्न अस्पतालहरुमा भर्ना भइ उपचार गर्नुपर्ने बिभिन्न १५० प्रकारका रोगहरुको उपचार पश्चात बीमा दाबी गर्नसक्ने र अकल्पनीय दुर्घटनाबाट हुनसक्ने मृत्यु बापतको राहत परिवारले बीमा दाबी गरी लाभान्वित हुने बिश्वास बैंकले लिएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४