बिहीबार, वैशाख १३, २०८१

मक्कामदिना जाने हजयात्रीको गृहमन्त्रीले गरे बिदाइ

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं – गृहमन्त्री रामबहादुर थापाले साउदी अरवको मक्कामदिनामा जाने हजयात्रीहरुलाई बिदाइ गरेका छन्।

गृहमन्त्री थापाले बिहीबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हजयात्रा गर्न जाने १ सय ५६ जना हजयात्रीहरुलाई बिदाई गरेका हुन्। पहिलो चरणमा जाने हजयात्रीहरुलाई गृहमन्त्री थापाले बिदाई गर्दै मक्का मदिनामा गएर नेपालको समृद्धिको कामना गर्न पनि अपिल गरे।

उनले धर्म निरपेक्ष राष्ट्र नेपालले सबै धर्मको सम्मान र संरक्षण गर्ने भएकाले मुस्लिम समुदायलाई पनि हजयात्राका लागि पठाइएको स्पष्ट पारे। गृहमन्त्री थापाले सो हजयात्राको माध्यमबाट पनि नेपालको पहिचान विश्वमा बढाउन सघाउ पुग्ने विश्वास व्यक्त गरे।

हजयात्रीहरुलाई बिदाई गर्न परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली, सहरी विकासमन्त्री मोहम्मद इस्तियाक राईसहितको पनि उपस्थिति रहेको थियो।

विगत ८ वर्षयता सरकारको व्यवस्थापनमा नेपालबाट पनि हज गर्न मक्कामदिना पठाउने गरिएको छ। यस वर्ष सरकारले साउदी अरेविया सरकारको आग्रहमा ३ सय जना थप गरी १ हजार ५ सय जनालाई हजयात्राका लागि पठाउने भएको छ। गृहमन्त्री थापाले यस वर्ष थप ३ सय गरी १ हजार ५ सय हजयात्राका लागि पठाउने र आगामी वर्षहरुमा हजयात्रीहरुको संख्या बढाउँदै लैजाने प्रतिवद्धता पनि व्यक्त गरे। 

गत वर्ष सरकारले १ हजार २ सय जनालाई हजयात्राका लागि मक्कामदिना पठाएको थियो । मुस्लिम समुदायको पवित्र तीर्थस्थलको रुपमा रहेको मक्कामदिनामा विश्वभरका मुस्लिम समुदाय हज गर्न जाने गर्दछन्। 








प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।