शनिबार, वैशाख ८, २०८१
  • गृहपृष्ठ
  • समाज
  • कमैया मुक्तिको १९ वर्ष : प्रदेश ५ मा पाँच प्रतिशत पुनर्स्थापित हुन बाँकी

कमैया मुक्तिको १९ वर्ष : प्रदेश ५ मा पाँच प्रतिशत पुनर्स्थापित हुन बाँकी

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
भैरहवा - सरकारले २०५७ साल साउन २ गते कमैयालाई मालिकको घरबाट मुक्तिको घोषणा गरेको थियो।

प्रदेश नं ५ को दाङ, बर्दिया र बाँके जिल्लामा थारु समुदायको बाहुल्य छ। ती जिल्लामा कमैया मुक्त घोषणा दिवस आज विशेष रुपमा मनाइँदै छ। बर्दियाको कार्यक्रममा प्रदेश ५ को उपसभामुख कृष्णी थारुले सम्बोधन गर्ने कार्यक्रम छ।

यसैगरी दाङ र बाँकेमा हुने कार्यक्रमलाई पनि थारू नेताहरुले सम्बोधन गर्नेछन्।

कमैया मुक्त घोषणा गरेको १९ वर्ष बितिसक्दा सम्म अझै पूर्णतया कमैया मुक्त हुन नसकेको देखिन्छ। कञ्चनपुर, बाँके, दाङ र सुर्खेतमा मुक्त कमैया पुनर्स्थापना कार्य सकिए पनि कैलाली र बर्दियामा मुक्त कमैयाको पुनर्स्थापना भइसकेको छैन। बर्दियामा अझै ३० परिवारलाई पुनर्स्थाथापित गर्न बाँकी छ। कैलालीमा साढे चार सयभन्दा बढीलाई पुनर्स्थापित गर्न बाँकी छ।

 स्वास्थ्य, शिक्षामा पहुँच पुर्‍याउनुपर्छ : थारु

 १८ वर्षसम्म बर्दियामा कमलरी बसेकी कृष्णी थारुको परिवार सरकारले ०५७ सालमा कमैया मुक्त घोषणा गरेपछि मात्रै मालिकको घरबाट मुक्त भएको थियो। तत्कालीन एमालेबाट प्रदेश सभा सदस्यमा निर्वाचित थारु अहिले प्रदेश ५ को उपसभामुख छिन्। देशमा कमैया मुक्त भएको १९ वर्ष बितिसक्दा पनि अझै पुनर्स्थापनामा बारम्बार समस्या आइरहेको उनको भनाइ छ।

थारूले नेपाल समयसँग भनिन्, ‘मुक्त कमैयालाई गासबास र कपासको व्यवस्थापन राज्यले नै गर्नुपर्दछ। राज्य त्यसतर्फ अग्रसर छ। पुनर्स्थापना कार्य भइरहेको छ तथापि केहीकेही ठाउँमा पुनस्र्थापनाको समस्या छ। मुक्त कमैयाको जग्गामा केही ठाउँमा विवाद छ। त्यसलाई तत्काल समाधान गर्नुपर्दछ। ’

थारुले मुक्त कमैयाको समस्या प्रदेश ५ मा ५ प्रतिशत मात्रै भएको बताइन्। उनले भनिन्, ‘अब सयमा पाँच प्रतिशत समस्या होला। त्यो पनि बिस्तारै समाधान हुन्छ। ’

उनले शिक्षामा मुक्त कमैयालाई प्राथमिकता दिनुपर्ने बताइन्। उनले भनिन्, ‘हिजो जस्तो समस्या छैन तर स्वास्थ्य, शिक्षामा मुक्त कमैयालाई विशेष प्राथमिकता दिनु जरुरी छ।’

थारुले मुक्त कमैयालाई उत्पादनसँग जोडेर अगाडि बढाउनुपर्ने पनि बताइन्।

केही वर्षसम्म मुक्त कमलरी तथा कमैयाको संस्थाले गर्ने कार्यक्रम गत वर्ष बर्दियामा जिल्ला समन्वय समितिको आयोजनामा भएको थियो। यस वर्षदेखि भने दाङ, बाँके र बर्दियामा स्थानीय सरकारले विभिन्न कार्यक्रम गरिरहेका छन्। २०५८ सालमा गेरुवा ग्रामीण जागरण संघमा अगुवा कमैया अभियानकर्मीका रुपमा कार्य गरेकी थारू कमैया मुक्ति अभियानमा २०५७ साल देखि अनवरत रुपमा क्रियाशील छिन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।